डेरी एशोसिएशन बागमती प्रदेशको दोस्रो अधिवेशन हुने

काठमाडौँ पुस २२ गते । नेपाल डेरी एसोसिएशन बागमती प्रदेशको दोस्रो साधारणसभा एवं अधिवेशन माघ ४ गते हुने भएको छ ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बशुन्धारा हुमागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने निर्णय भएको एशोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले बताउनुभयो । हिजो महासचिव दाहालको विशेष उपस्थितिमा बसेको विस्तारित बैठकले सो निर्णय भएको हो ।

अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक विभिन्न उपसमिति गठन गरिनुका साथै अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो । बागमती प्रदेश भरिका डेरी उद्योगका करिव २०० प्रतिनिधिको उपस्थिति रहने बागमती प्रदेशका अध्यक्ष राजन दाहालले जानकारी दिनुभयो । बागमती प्रदेशभित्रका सबै डेरी उद्योगका प्रतिनिधि सदस्यहरुलाई उपस्थितिका लागि जानकारी गराउने र नविकरणको काम तीब्र गतिमा अगाडि बढाउने निर्णय भएको सचीव गोपाल तिमल्सिनाले बताउनु भयो ।

एशोसिएसनका सबै प्रदेशको अधिवेशन सकिएपछि केन्द्रिय अधिवेशन गरिने र हालसम्म प्रदेश १ को अधिवेशन सकिएको छ । अरु प्रदेशको अधिवेशन चाँडै सकिने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया