मन्त्री राइले खोल्नुभयो दाना उद्योग

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्य लिएको बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१, बिर्तामा सञ्चालन हुन थालेको किसान फिड मिल प्र्रालिको उदघाट्न गर्दै मन्त्री यादवले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने कुुरामा विशेष जोड दिनुभयो ।

उहाँले ६५ प्रतिशत जनता कृषिमा निर्भर भए पनि कृषिका लागि निकै न्यून बजेट विनियोजन हुने गरेकामा वर्तमान सरकारले बजेटमा वृद्धि गरेको जानकारी दिनुभयो । खेतीयोग्य जमिनको खण्डीकरण गर्न नहुने विचार व्यक्त गर्दै ठूलाठूला जग्गामा सामूहिक खेती गर्न मन्त्री यदावले सुझाव दिनुभयो । उहाँले देशलाई निर्यातमुखी बनाउन सकेमात्र व्यापार घाटा कम गर्न र आर्थिक विकास गर्न सकिने चर्चा गर्दै सबै प्रकारका कलकारखाना खोलेर आत्मनिर्भर बन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

सो अवसरमा पूर्वसहरी विकासमन्त्री तथा बाँके निर्वाचन क्षेत्र नं. २ का सांसद मोहम्मद इश्तियाक राईले करोडौँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याइए पनि अवैध आयातले गर्दा स्थानीय उद्योग समस्यामा पर्दै आएको गुनासो गर्नुभयो । ६५ करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको किसान फिड मिल प्र्रालिले एक घण्टामा सय क्विन्टल दाना उत्पादन गर्ने र सो उद्योगका लागि नौ हजार क्विन्टल दाना र कच्चा पदार्थ राख्ने क्षमताको गोदामसमेत निर्माण गरिएको मिल सञ्चालक कामरान राईले जानकारी दिनुभयो । यो उद्योगले कुखुरा, माछा, पशुको दाना उत्पादन गर्छ ।

सो उद्योग सञ्चालनमा आएकाले अब पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दानाको कुनै पनि अभाव र समस्या नहुने सञ्चालक राईले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया