मधेशमा फेरि भाँडभैलो

सिंहदरवारमा उहाँको हैसियता एउटा कोठामा सिमित थियो । माओवादीको जनयुद्ध हाकि सक्नु भएका, देशको प्रधानमन्त्री भइसक्नु भएका व्यक्ति एउटा कोठामा एउटा सांसदमा सिमित भएपछि उहाँ बेचैन हुनुभएको थियो ।

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट एक हुल नेताहरु माओवादीमा प्रवेश गरेपछि केही राजनीतिक विश्लेषकहरुले डा.बाबुराम भट्टराईलाई चारवटा सुझाव दिनुभएको थियो–‘पहिलो, नयाँ शक्तिलाई पुनर्गठन गर्ने, दोस्रो साझा विवेकशीलसँग एकता गर्ने, तेस्रो, माओवादीमै फर्किने र चौथो, कन्सल्टेन्सी खोलेर शोध अनुसन्धान गर्ने ।’ तर कसैले पनि मधेशवादी दलसँग एकीकरण गर्न सुझाव दिनु भएको थिएन ।

तर यी सुझावहरुलाई वेवास्ता गर्दै डा.भट्टराई उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्नुभयो । उहाँ फोरम नेपालसँग त्यतिबेला एकीकरण गर्नुभयो जतिबेला उहाँको नयाँ शक्ति पार्टी विघटनको अवस्थामा पुगि सकेको थियो । पार्टीका दुई तिहाई नेताहरु पार्टी छाडि सक्नुभएको थियो । बाँकी रहेका नेताहरु पनि छाडेर जाने तरखरमा हुनुहुन्थ्यो । अधिकाँश माओवादी केन्द्रमा फर्कि सक्नु भएको थियो भने कोही काँग्रेस, कोही मधेशवादी दल तथा कोही एमालेमा जानु भएको थियो । रामेश्वर खनाल जस्ता व्यक्तिहरु स्वतन्त्र भएर बस्नुभयो । जसपाका एक नेताले भन्नुभयो, ‘उपेन्द्र यादव नेतृत्वको तत्कालिन फोरममा विलय हुने उहाँको बाध्यता थियो कि कुनै षड्यन्त्र त्यो विस्तारै खुल्दै जाला तर उहाँले अहिले पार्टीमा जुन खालको लफडा सृजना गर्नुभएको छ, त्यसले यही पुष्टि हुन्छ कि उहाँ सो पार्टीमा षड्यन्त्रपूर्वक आउनु भएको हो ।’


जतिबेला डा.भट्टराईले नयाँ शक्तिलाई फोरममा बिलय गराउनु भयो त्यतिबेला धेरैको टिप्पणी थियो ‘अब डा.बाबुराम भट्टराई समाप्त हुनुभयो ।’ नयाँ शक्तिबाट माओवादी केन्द्रमा फर्किनु भएका रामकुमार शर्मा भन्नुहुन्छ, ‘डा.भट्टराईजी समाप्त हुनुहुन्छ कि हुनुहुन्न थाह छैन तर उहाँले मधेशवादी दल र त्यसको राजनीतिलाई समाप्त पार्नुहुन्छ ।’ उपेन्द्र यादवलाई नेता मानेर पार्टी एकीकरण गर्नु नै बाबुरामप्रति शंका उब्जाएको थियो त्यतिबेला । जसले प्रचण्डलाई स्वीकार गर्नुभएन, जसले केपी शर्मा ओलीलाई स्वीकार गर्नुभएन त्यो व्यक्तिले उपेन्द्र यादवलाई किन स्विकार गर्नुभएको कुरा यतिखेर विस्तारै खुल्दै गइरहेको छ ।


‘जसपा पुरानै पार्टीहरूको डुप्लिकेट हुने हो भने नेपाली जनतालाई अर्को भारी बोकाउन आवश्यक छैन । त्यसैले जसपाको परिकल्पना विचार, नीति, कार्यक्रम, संगठन, नेतृत्व, कार्यशैली सबै हिसाबले नयाँ र उन्नत बनाउने हाम्रो लक्ष्य हो ।’ यो कुरा उहाँले २०७७ मा जसपा नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि आफ्नो ट्वीटरमा उल्लेख गर्नुभएको थियो । यो कुराबाट पनि डा.बाबुराम भट्टराई कुन उद्देश्यले फोरममा विलय हुनुभएको थियो भने कुरा पुष्टि हुन्छ । डा.भट्टराई त्यहाँ पार्टी बनाउन होइन, भत्काउन आउनु भएको हो, जसपाका एकजना कार्यकारिणी सदस्यले भन्नुभयो, उपेन्द्र यादवको उद्देश्य प्रष्ट छ, उहाँ आफू पनि नबन्ने र अरुलाई पनि बन्न नदिने सबैलाई लथालिङ पारि दिने ।’ जसको सुरुवात उहाँले गरिसक्नु भएको छ । पार्टीमा उहाँ तीब्र गुटबन्दी सुरु गर्नुभएको छ । जिल्लाहरुमा समानन्तर कमिटी गठन गराउन थाल्नु भएको छ । त्यसको सुरुवात पर्साबाट गराउनु भएको छ ।

‘उपेन्द्र यादव नेतृत्वको तत्कालिन फोरममा विलय हुने उहाँको बाध्यता थियो कि कुनै षड्यन्त्र त्यो विस्तारै खुल्दै जाला तर उहाँले अहिले पार्टीमा जुन खालको लफडा सृजना गर्नुभएको छ, त्यसले यही पुष्टि हुन्छ कि उहाँ सो पार्टीमा षड्यन्त्रपूर्वक आउनु भएको हो ।’

उहाँ जसपामा उथलपुथल ल्याउनु भएको छ । पार्टीभित्रै गुटबन्दी गरेर पार्टी कब्जा गर्ने, नभए अलग हुने योजनाका साथ उहाँ अगाडि बढी रहनु भएको छ । उहाँको आरोप छ, ‘पार्टीलाई पुरानै शैलीमा चलाउन सकिदैन, पार्टीको विचार, नीति, कार्यक्रम, नेतृत्व सबैमा परिवर्तन गर्नुपर्छ ।’ उहाँ नयाँ शक्ति लिएर फोरममा आउँदा डा.बाबुराम भट्टराई निकै कमजोर हुनुहुन्थ्यो । सिंहदरवारमा उहाँको हैसियता एउटा कोठामा सिमित थियो । माओवादीको जनयुद्ध हाकि सक्नु भएका, देशको प्रधानमन्त्री भइसक्नु भएका व्यक्ति एउटा कोठामा एउटा सांसदमा सिमित भएपछि उहाँ बेचैन हुनुभएको थियो । ठूलो पार्टीको नेता बन्ने उद्देश्यले उहाँ फोरम नेपालमा विलय हुनुभयो र अहिले पार्टी कब्जा गर्ने रणनीतिमा हुनुहुन्छ ।

प्रतिनिधिसभामा उहाँ आफै एक्लै हुनुहुन्छ भने गण्डकी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना प्रदेशसभा सदस्य छन् । त्यस्तै दुईटा पालिका जितेका छन् । ती सबैलाई फोरममा मिसाएर अहिले त्यही पार्टी कब्जा गर्ने रणनीतिमा उहाँ हुनुहुन्छ । जसपा पार्टीको विधान जो महन्थ ठाकुर हुँदा बखतकै हो । त्यसमा दुई अध्यक्षको प्रावधान अझै छदैछ । त्यसमा एउटा कार्यकारी अध्यक्ष आफू बन्ने दाउमा उहाँ हुनुहुन्छ ।

उहाँ पार्टीमा संघीय परिषद्को अध्यक्ष होइन, कार्यकारी भूमिकामा रहन खोज्नु भएको छ । जसपाका एकजना कार्यकारिणी सदस्यका अनुसार महन्थ ठाकुरहरु जसपा छाडेर गएपछि पार्टीलाई पुर्नगठन गर्दा एकजना अध्यक्ष मात्र रहने निर्णय भएको थियो । डा.बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष रहने र उपेन्द्र यादव कार्यकारी अध्यक्ष रहने सहमति भएको थियो तर अहिले त्यही विधानलाई टेकेर बाबुराम भट्टराई पक्षका नेताहरुले अर्को अध्यक्ष पनि नियुक्त गर्नुपर्ने दवाव दिइरहनु भएको छ । तर उपेन्द्र यादव पक्षका नेताहरुले दुईटा अध्यक्षले पार्टी चल्दैन भनि प्रमाणित भइसकेको छ, त्यसैले दुईटा अध्यक्ष हुँदैन बरु विधान संशोधन गरौं भनि दवाव दिइरहेका छन् ।

विधान अधिवेशन गर्ने निर्णय पनि भइसकेको छ, तर डा.भट्टराईले त्यसअघि नै पार्टीको कार्यकारी भूमिकामा जाने तयारीमा हुनुहुन्छ ।
यदि विधान संशोधन गरेर एकल अध्यक्षको प्रावधान ल्याइयो भने डा.बाबुराम भट्टराईले त्यसमा पनि दावी गर्ने तयारीमा हुनुहुन्छ ।

केन्द्रीय समिति र कार्यकारिणी समितिमा बहुमत पुर्याएर जसरी पनि अध्यक्ष बन्ने उहाँको दाउ छ । त्यसका लागि उहाँले पार्टीमा गृहकार्य गरि रहनु भएको छ । त्यसले गर्दा पार्टीमा द्वन्द सुरु भएको छ । उपेन्द्र यादवको पक्षमा रहेका नेताहरुलाई विभिन्न प्रलोभन दिएर आफूतिर तानिरहनु भएको छ । उहाँले कार्यकारिणीहरु सदस्य महेन्द्रराय यादव, इस्तियाक राइ, लालबाबु राउतलगायत तथा सांसदहरु प्रदीप यादव, अमृता अग्रहरी, रुही नाज, रानी मण्डल, नरमाया ढकाललगायतका सांसदहरुलाई विभिन्न सुत्रहरु प्रयोग गरेर आफूतिर तान्ने प्रयासमा लाग्नु भएको छ ।

त्यही कुराले पार्टीमा विवाद देखिएको छ । जब कि पार्टी एकीकरण भएपछि उहाँ आफू संघीय परिषद्को अध्यक्षमा मात्र बस्ने र पार्टीको कार्यकारी अध्यक्ष उपेन्द्र यादव रहने सहमति गर्नुभएको थियो । जनता समाजवादी पार्टी बन्दा पनि उहाँले कहिले कार्यकारि पदका लागि लोभ गर्नुभएन अहिले उहाँ कार्यकारी अध्यक्षमै दावी गर्न थालेपछि उहाँले पार्टी एकीकरण गरेको उद्देश्य प्रष्ट हुन्छ ।
–सहारा टाइम्स पत्रिकाबाट केही अपडेटसहित

तपाईको प्रतिक्रिया