मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति जनमतको आपत्ति (विज्ञप्ति)

प्रेस-विज्ञप्ति
२०७८ माघ ५ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सम्माननीय मन्त्रीज्यूले गौरको राइस फिल्डमा नरसंहार हामीहरूले नै मचाएको, किसान आन्दोलनकारीहरूमाथि फेरि त्यस्तै नरसंहार मचाइदिने र घेराऊ हालेर डा. सी. के. राउतको हत्या गरिदिने खुल्लमखुल्ला घोषणा सुरक्षाकर्मीहरू बीचमै रहेर गरेको सभाको भिडियोमा स्पष्ट देख्नसुन्न सकिन्छ।
देशकै संघीय मन्त्री जस्तो जिम्मेबार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आम-जनताको विरूद्धमा रहेको हाम्रो पार्टीको निष्कर्ष रहेको छ। २०६३ साल चैत्र ७ गते भएको गौर नरसंहार, जसमा कम्तीमा २८ जनाको पाशविक तरीकाले हत्या भएको थियो, जनता समाजवादी पार्टी (तत्कालीन् मधेशी जनाधिकार फोरम) ले नै घटाएको मन्त्रीज्यूले सगर्व घोषणा गरिसके पछि यो गौर-नरसंहारको स्वीकारोक्ति पनि हो।
तसर्थ नेपाल सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ।
साथै, गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरूले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने हैन कि उनीहरूलाई तत्काल् पक्राऊ गरी नरसंहार पीडितहरूलाई न्याय दिँदै मधेशमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नु पर्दछ भन्ने हाम्रो ठहर रहेको छ। स्मरणीय छ, यसभन्दा अगाडि २०७५ भदौ ७ गते पनि राममनोहर यादवले तत्कालीन् उपप्रधानमन्त्री श्री उपेन्द्र यादवलाई बर्दिया जिल्लामा कालो झण्डा देखाएको अभियोगमा उहाँलाई पक्राऊ गरी हिरासतमा नै हत्या गरेर करीब ६ महिनासम्म लाश समेत दिइएको थिएन।
………………………
ई. दीपक कुमार साह
उपाध्यक्ष, जनमत पार्टी
मोबाइल नं. – 9802050767

तपाईको प्रतिक्रिया