सिके राउतले मेरो अभिव्यक्तिलाई अतिरञ्जित बनाउनु भएको छ–मन्त्री रेणु यादव

काठमाडौँ माघ ६ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले माघ ५ गते रौतहटमा आफूले दिएको अभिव्यक्तिलाई जनमत पार्टीका अध्यक्ष सिके राउत तथा उहाँका कार्यकर्ताले अतिरञ्जित र सनसनि बनाएको दावी गर्नुभएको छ ।

आफूले त्यहाँ लामो अभिव्यक्ति दिएपछि त्यसलाई टुक्राटुक्रा बनाएर छुट्टै भिडियो बनाई सनसनि बनाएको आरोप लगाउँदै उहाँले आफूले राखेको अभिव्यक्तिको आशय पुरा भिडियो हेरेपछि मात्र थाह हुन्छ, जनमत पार्टीले पुरा भिडियो टुक्रा टुक्रा बनाएर त्यसलाई भिडियो बनाएर आफ्नो भनाईलाई अतिरञ्जित बनाएको दावी गर्नुभयो ।

आफूले आन्दोलनमा उठाएको मल (खाद) को बारेमा अध्ययन गर्न जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई आग्रह गरेको बताउँदै उहाँले मलको अत्याधिक मूल्य वृद्धि भएको र अन्तराष्ट्रिय रुपमा मलको हाहाकार रहेको र त्यो डाक्टर जस्तो व्यक्तिलाई थाह नहुने कुरा नै हुँदैन भनेको तर त्यसलाई राउतले आफ्नो भिडियोमा नराखेको बताउनुभयो । राउतले कुनै एजेण्डा नपाएर मल खादको कुरा जवर्जस्ती उठाउन लागेको कुरा आफूले राखेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, मैले आज आफू नभएको भए अर्को गौर नरसंहार हुन्थ्यो, बलिदानी दिवसको दिन हिंसा गर्नुहुँदैन भनि मैले रोकेको नत्र आज ठूलो घटना हुन्थ्यो भन्दै त्यही सन्दर्भलाई जोडेर जोडेर गौर घटनालाई स्मरण गराएको थिए ।’

आफू बलिदानी दिवसको कार्यक्रममा रौतहट पुग्दा उहाँका कार्यकर्ता भाठा लिएर रोक्न आएका थिए, मोटर साइकलमा तोडफोड गर्न खोजेका थिए, हुलदङ्गा गर्न खोजेका थिए त्यहीँ सन्दर्भमा आफूले तिमीहरुलाई भाठा चलाउन आउँछ भने यता लाठी चलाउन पनि आउँछ भनि अभिव्यक्ति दिएको तर त्यसलाई अतिरञ्जित बनाउँदै सनसनि बनाएको मन्त्री यादवको दावी छ ।

उहाँले भन्नुभयो, ‘मैले कुन कुरा के सन्दर्भमा बोलेको छु ती कुरा सबै स्पष्ट छ, पुरा भिडियो हेरेपछि ती कुरा मात्र थाह हुन्छ । बीच बीचमा रहेको भनाईलाई हटाएर गौर घटना र उहाँको सन्दर्भमा राखिएको कुरालाई मात्र राखेको कारण यो अतिरञ्जित देखिएको हो, यथार्थ कुरा थाह पाउन पुरा भिडियो नै हुर्नुपछ ।’ लोकतन्त्रमा आन्दोलन गर्ने, सभासम्मेलन गर्ने अधिकार सबैको छ, जनमत पार्टीले गरेको आन्दोलनलाई आफूहरुले कतै रोकटोक गरेको छैन तर आफू बलिदानी दिवसमा भाग लिन जाँदा किन रोक्ने प्रयास गरेको प्रश्न गर्दै मन्त्री यादवले भन्नुभयो, यदि म त्यहाँ नरोकेको भए आज त्यहाँको अवस्था अर्कै हुन्थ्यो जनमत पार्टीका नेता तथा कार्यकर्ता जानीजानी निहुँ खोजिरहेका थिए यदि नरोकेको भए अर्को गौर घटना हुन्थ्यो ।’

गौर घटना यसैगरि दुई पार्टीको बीचमा झडप हुँदा भएको थियो । हिजो पनि त्यस्तै अवस्था सृजना भएको थियो । त्यो अवस्था हेरेर आफूले पटक पटक गौर घटनाको नाम लिएको र सिके राउतलाई सतर्क र सचेत रहन आग्रह गरेको उहाँले बताउनुभयो ।

त्यस्तो घटना पुनः नदोहोरियोस् भन्नु कसैलाई मार्नु वा त्यस्तै घटना गराउनु होइन, त्यस्तो घटना नहोस् भनि सचेत गराएको मात्र हुँ, मन्त्री यादवले भन्नुभयो, मैले यो पनि भनेकी यो धर्तीको गाई भैसीको दूध खानु भएको छ भने सिंहदरवार घेर्न जानुस् त्यसमा हाम्रो पनि साथ रहनेछ ।’

सिके राउत र उहाँका कार्यकर्ताले अभिव्यक्ति दिँदा मर्ने मार्ने बाहेक अरु केही कुरा गर्दैन, नभए प्रत्येक भाषणको भिडियो हेर्दा हुन्छ, प्रहरी प्रशासनदेखि लिएर मन्त्री, पार्टीका नेताहरुलाई पटक पटक उहाँले चेतावनी दिनुभएको छ, त्यसमा आफू र आफ्नो पार्टीले कहिले आपत्ति जनाएनौं तर आज आफूले दिएको एउटै अभिव्यक्तिलाई अतिरञ्जित बनाएको दावी मन्त्री यादवको रहेको छ ।

सिके राउतलाई घेरा हालेर मार्ने कुरा पनि आफूले गरेको छैन, त्यो कुरा पनि भिडियो हरेपछि प्रष्टछ हुन्छ, आफूले विना अध्ययन डाक्टर भएर चिरफार गर्ने प्रयास गर्नुभयो र त्यो गर्नसक्नु भएन भने त्यही घेरा हालेर मार्न सक्छ भनेको तर त्यो भनाईलाई काटकुट गरेर सनसनि बनाएको मन्त्री यादवको दावी छ । सिके राउत कम्प्युटर इन्जिनियर हुनुहुन्छ, उहाँका लागि कुन भिडिया र कुन भनाईलाई कसरी सनसनि बनाउने मामुली कुरा रहेको छ । अमेरिकामा पनि उहाँ यही विषयमा जागिर खानु भएको हो । र, अहिले राजनीतिमा त्यसलाई प्रयोग गरिरहनु भएको मन्त्री यादवले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया