नागरिक अगुवा (?) लाई अपिलः ‘हिंसा भड्काउने व्यक्ति तपाईहरुको साथै छ’

–दिनेश यादव
हिंसा र द्वन्द्वको विपक्षमा तपाईहरू संधै रहनु भएकै छ । तर, तपाईले जारी गर्ने अपिलमा को र कस्तो मानिस संलग्न छ ? के यसको हेक्का राख्नु भएको छ ? तपाईहरूले आज जारी गर्नु भएको अपिलमा गणेशकुमार मण्डलको नाम पनि रहेछ ।


यिनी जातिय हिंसा भड्काउने र सामाजिक सद्भाव विथोल्ने भाव आफ्नो फेसबुक वालबाट पटक–पटक व्यक्त गरेका छन् । हो, यो उनको वाक स्वतन्त्रता हुन सक्ला ! तर, पदिय दायित्व र हैसियतमा उनको यो प्रस्तुति उचित या अनुचित छ ? तपाई आदरणीयहरू हुनुहुन्छ ! तपाईहरूको अपिल के मन्त्रीकै गलत भाषणमा मात्रै आउने हो ? कि आन्दोलनको नेतृत्व गर्नेले मन्त्री, नेता, कर्मचारी, सर्वसाधारणलाई ‘जनकारबाही’ र बध (हत्या) गर्न आफ्ना कार्यकर्तालाई उर्दी जारी गरेको विरोधमा पनि आउने हो ?


लाठी, डन्डा लिएर मन्त्रीलाई रोक्न जानेहरूको विपक्षमा हिंसा भड्काउने कलुषित मानसिकता भएकाहरूको विपक्षमा पनि आउने हो ? तपाईहरूले सिरहा आमसभामा किसान आन्दोलनको नेतृत्व गर्नेको भिडियो पक्कै सुन्नु भएकै होला, सर्वसाधारणको ट्रक जलाएको खबर पनि हेर्नुभएकै होला, जनकपुरमा खानेपानीका कर्मचारीलाई कालोमोसो दलेर अर्धनग्न बनाई घुमाएको र औरहीमा बीउ बिजन लुट्न लगाउने जस्ता गैरकानुनी हर्कतबारे समाचार पढ्नु भएकै होला, त्यता आदरणीयहरूको ध्यान नजानु अत्यन्तै दुखद छ । भड्काउलो भाषण र हिंसा दिने छुट कसैलाई छैन, हुन्न । तर, पूर्वाग्राही पनि बन्नु भएन । यदि त्यसो हो भने सिंगो ‘नागरिक अगुवा’ कै मानमर्दन भएन र ?

तपाईको प्रतिक्रिया