चीनले गरेको अघोषित नाकाबन्दी हटाउन माग

काठमाडौँ माघ ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चीनले नेपालमाथि गरेको अघोषित नाकाबन्दी हटाउनका लागि सरकारसँग माग गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ ।’

विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्द प्रायः रहेको, यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको उल्लेख गर्दै उहाँले समाचार सत्य हो भने यस्तो अघोषित, अप्रत्यक्ष नाकाबन्दी अन्त्य गर्न सरकारलाई ध्यानाकर्षण गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया