नेपालबाट फर्केपछि खेसारीलाल यसरी भए दुखी

भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवलाई नेपालका कार्यक्रमले ठूलो क्षति पुर्याएको छ । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवमा भाग लिनका लागि आफ्ना कालाकारसहितका खेसारीलाल नेपाल आएका थिए । तर नेपालका जिल्ला प्रशासनले कार्यक्रममा रोक लगाएपछि कार्यक्रमस्थलमा हङ्गमा भएको थियो । उनका चारवटा गाडीमा आगजनी तथा तोडफोड गरियो । कार्यक्रममा रोक लगाइएको विषयमा आयोजकले खेसारीलाललाई जानकारी गराइएको थिएन । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित भएको जानकारी पाएका थिए ।

महोत्वसका लागि आयोजना गरेको कार्यक्रममा जब खेसारीलाल उपस्थित भएनन् अनि टिकट काटेर महोत्सवमा उनलाई हेर्न आएका दर्शकहरुले त्यहाँ आन्दोलन सुरु गरे । खेसारीलालका चारवटा गाडी जलाई दिए । उनका सङ्गीतका इन्ट्रुमेन्टहरु तोडफोड गरे । उनका साथमा आएका अन्य कलाकारमाथि पनि कुटपिट भयो । खेसारीलालले भने, ’यो घटनामा मेरो डेढ करोडको घाटा भएको छ । म जनतालाई मनोरञ्जन दिनका लागि नै नेपाल आएको थिए तर यहाँका प्रशासनले कार्यक्रममा रोक लगाएको छ भने कुरा मेरो जानकारीमा थिएन । म होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रहरी प्रशासनले मलाई रोक्यो । यसमा न प्रशासनको गल्ती छ न मेरो यसमा पुरै गल्ती आयोजकको छ ।’

माघ ५ गते मध्यराती प्रदेश १ सरकारका मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादवको सहयोगमा भारत फर्के । उनी भारत फर्केपछि आफ्नो भोजपुरी इन्ड्रिष्टिजमाथि आलोचन गरे । उनले एक भिडियो सन्देश जारी गर्दै भने, म आज भोजपुरी इन्डिष्ट्रिजमा एक्लो महसुस गरिरहेको छु ।’ नेपालमा यतिका घटना भयो, आफ्नो ठूलो क्षति भयो गाडि तोडफोड भयो तर इन्ड्रिष्टिजका कुनै पनि साथीले सोधखोज गरेनन् र त्यसले आफूलाई दुखी बनाएको उनले बताएका छन् । उनले भने, यतिका घटना हुँदा पनि दुई तीनजना बाहेक अरु कसैले सोधखोज गर्नुभएन ।’

भोजपुरी फिल्म इण्डिष्ट्रिका निरौहुवा र अमरपालीले मात्र आफ्नो बारेमा जानकारी लिनुभयो तर त्यसबाहेक अरु कसैले जानकारी लिनुभएको छैन भन्दै खेसारीलालले आफूले कसैको केही विगारेको छैन, जहाँसम्म सबैलाई सहयोग नै गरेको उल्लेख गरे ।

 

तपाईको प्रतिक्रिया