चुम्बनको मुद्दाबाट शिल्पा शेट्ठीले पाइन राहत

हलिउड अभिनेता रिचर्ड गेरेले सार्वजनिक स्थानमा चुम्बन गरेको मुद्दाबाट अभिनेत्री शिल्पा शेट्टीलाई राहत मिलेको छ । गेरेले चुम्बन गरेपछि शिल्पामाथि सार्वजनिक स्थानमा अश्लिलता फैलाएको आरोप लागेको थियो । वर्षौँपछि यो आरोपबाट अदालतले शिल्पालाई सफाइ दिएको हो । अदालतले गत जनवरी १८ मा शिल्पालाई यो मुद्दामा सफाइ दिएको हो ।

सफाइको बिषयमा अदालतले माघ १० गते विस्तृत आदेश समेत जारी गरेको थियो । सन् २००७ मा राजस्थानमा भएको घटनापछि अश्लिलता फैलाएको आरोपमा शिल्पा बिरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एउटा मुद्दा दर्ता भएको थियो । यसपछि शिल्पाले मुद्दालाई मुम्बईमा ट्रान्सफर गर्न याचिका दायर गरिन् । उनको याचिका सर्वोच्च अदालतले २०१७ मा स्वीकृत गरेको थियो ।

रिचर्ड गेरेले २००७ को एक एड्स सचेतना कार्यक्रममा शिल्पा शेट्टीलाई बारम्बार चुम्बन गरेका थिए । कार्यक्रममा त्यो घटनाले विवाद निम्त्याएको थियो । यस बिषयमा अप्रिल २००७ मा राजस्थानको एक अदालतले शेट्टी र गेरेको गिरफ्तारीको लागि वारेन्ट समेत जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया