निरहुवासँग शिल्पाको रोमान्स

नेपाली अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुवासँग देखिने भएको छ ।

उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजिट भूमिकामा देखिन लागेकी हुन् ।

सोनु खत्रीको निर्देशन रहने यी दुबै फिल्ममा शिल्पा हालै अनुबन्धित भएकी हुन् । फिल्ममा अभिनेत्री अम्रपाली दुबेको समेत अभिनय रहनेछ ।

फिल्म निर्माण घोषणा हालै भएको थियो । कार्यक्रममा शिल्पाले भोजपुरीमा फिल्म रहरले भन्दा पनि आफ्नो स्थान बनाउन अभिनय गर्न लागेको बताएकी थिइन् ।

यस अगाडि शिल्पाले ‘जय शम्भु’ र ‘प्रेमगीत २’ नाम भोजपुरी फिल्म अभिनय गरेकी छन् ।

‘लज्जा’ बाट नेपाली फिल्म अभिनय डेब्यु गरेकी शिल्पाले ‘मंगलम, वीरांगना, हवल्दार सुन्तली, बृन्दावन’ थुप्रै नेपाली फिल्म अभिनय गरेकी छन् ।

पछिल्लो समय उनी निर्माता पति छविराज ओझासँगको घरायसी झगडाको कारण चर्चामा छाएकी थिइन् ।

तपाईको प्रतिक्रिया