म्याद सकिनुअघि चुनाव गराउनमा लोसपाको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौँ माघ २६–लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिदै चुनाव गराउन लागेकोप्रति आपत्ति जनाउँदै सरकारलाई ध्यानाकर्षण गराएको छ ।

लोसपा नेपाल मधेश प्रदेशका अधयक्ष जितेन्द्र सोनलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५ को ६, २१६ को ६ र २२० को ५ अनुसार हुने भएकोमा कुनै निर्वाचन पदाधिकारीको विना कारण एकदिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरित भएको भनि ध्यानाकर्षण गराउनु भएको हो ।

स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । पहिलो चरणमा बैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते चुनाव भएको थियो । बैशाख ३१ गते भएको पहिलो चरण चुनाव संविधान अनुसार नै भइरहेको छ भने असार १४ गते भएको दोस्रो चरणको चुनावभन्दा अहिलेको चुनाव डेढ महिना अगाडि नै भइरहेको छ ।

असोज २ गते भएको तेस्रो चरणको चुनावभन्दा अहिलेको चुनाव ६ महिना अगाडि नै भइरहेको छ । असोज २ गते निर्वाचित भएका पदाधिकारीको म्याद पाँच वर्ष पुग्न ६ महिना बाँकी नै रहँदा चुनाव हुनु न्याय संगत नभएको अध्यक्ष सोनले बताउनुभयो ।

संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मूल्य मन्यता एवं विधिको शासनलाई आत्मसाथ गरेकामा यस प्रणालीलाई अझ बढी सुदृढ एवं संस्थागत गर्न यसको मेरुदण्डको रुपमा मानिने आवधिक निर्वाचन नै हो यद्यपी स्थानीय चुनाव घोषणा हुनु सकारात्मक रहेको धारणा उहाँले राख्नु भएको छ ।

तपाईको प्रतिक्रिया