वृषेशचन्द्र लालले लोसपा छाड्दा जारी गरिएको विज्ञप्ति

प्रेस विज्ञप्ति
मधेशका जनताले देशमा विविधताको पहिचान र मान्यता, संघीयता, समावेशिता, क्षेत्रीय स्वशासनको निमित्त ठूलो संघर्ष गर्दै आएको छ । यसका निमित्त सयौं शहादत र हजारौं आन्दोलनकारीहरुको रगत बगेको छ । मधेशको यो एजेन्डा देशकै बहुआयामी रुपान्तरण, विविधतापूर्ण साझा राष्ट्रीयता र समतापूर्ण विधिको शासन निर्माणको निमित्त ऐतिहासक एजेन्डा हो ।

यसै एजेन्डाको सम्वोधनको निमित्त मधेशले प्रतिनिधि राजनीतिक दलहरूमा सहभागी भएर, यीनलाई समर्थन गरेर सिंच्यो । आन्दोलनहरूबाट प्राप्त सम्पूर्ण उर्जा प्रदान गर्यो । तर मधेशका राजनीतिक दलका नेतृत्व(पंक्ति जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई थाम्न सक्ने, गन्तव्यको दिशामा बोकेर आगाडि बढाउन सक्ने सामर्थ्य देखाउन सकेनन् ।

जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हाटमा सुम्पिने जस्तो काम गर्यो । आज मधेशको प्रतिनिधित्व गर्ने कुनै राजनीतिक दल छैन । बृहत् राजनीतिक शक्तिको निर्माणको नाममा सरकारहरु बनाउन भएका एकीकरण वा विभाजनले मधेश केन्द्रित दलहरूको अस्तित्व नै रहेन । नेतृत्व(पंक्ति मधेश केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन् । स्वभावतः लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ । भूमि, इतिहास, भाषा, संस्कृति, जीवनशैली बोकेको मधेश ‘राष्ट्र’लाई जात र सम्बन्धवादमा विभाजित गरी सिमित गर्न खोजिएको छ । वास्तविकता यही हो ।

यस स्थितिमा मधेशको जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघियताको अभ्यासलाई आगाडि बढाउन, लोकतन्त्रवादी, मधेश एजेन्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकोले हामी आवद्ध रहेका आ(आफ्ना दलहरू आजैदेखि परित्याग गर्दै ‘तराई(मधेश लोकतान्त्रिक पार्टी’ मा समावेश भएको सम्बन्धित सबैमा जानकारी गराउँद छौं ।
२०७८ फागुन १० गते

तपाईको प्रतिक्रिया