५०० ले घट्यो सुनको मूल्य

काठमाडौँ फागुन ११ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपियाँले ओरालो लागेर ९६ हजार ५०० रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार रुपियाँ कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपियाँ तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९६ हजार ५०० रुपियाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपियाँले बढेर एक हजार ३२०रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया