काठमाडौँ–कराची सिधा उडान नगर्न अभियानको माग

काठमाडौँ फागुन १२ गते । राष्ट्रिय एकता अभियानले काठमाडौबाट कराचीको सिधा हवाई उडान सेवाको लागि भइरहेको प्रयासप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौँबाट सिधै कराची हवाई उडानका लागि प्रयास गरिरहनु भएको छ ।

त्यसका लागि उहाँले त्यसको कार्यान्वयनको लागि विभिन्न कुटनैतिक तथा सरकारी निकायहरूमार्फत उहाँको प्रयास गरिरहेको प्रति अभियानका अध्यक्ष विनय यादवले आपत्ति जनाउनु भएको छ ।

हालै मात्र अफगानिस्तानलाई पूर्ण नियन्त्रण तालिवानले लिएको सर्वविदितै छ । सो क्षेत्र आतन्कवादी÷उग्रवादीहरूको लागि ’सेफ हेभन’ बन्न गएको समेत संयुक्त रास्ट्रसंघले पटक पट्क बताउदै आएको भन्दै अध्यक्ष यादवले अफगानिस्तान र पाकिस्तानको सिमा वारपार अबैध आवागमन हुने गरेको र त्यस क्रममा अफगानिस्तानबाट तालिवानलगायत अन्य विभिन्न आतंकी संगठनहरूका सदस्यहरू पाकिस्तानमा घुसपैठ गरेका खबरहरु पनि बाहिर आएको बताउनु भएको छ ।

अलकायदा प्रमुख ओसामा बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानमै लुकेको बसेको तथ्य पनि सार्बजनिक भएको उल्लेख गर्दै उहाँले नेपाल हिन्दुबाहुल्य देश हो, यहाँका हिन्दुहरुमाथी सधै जिहादीहरुको निशानामा रह्ने गरेका हुनाले कराचीबाट काठमाडौ सिधा हवाई उडान हुँदा पाकिस्तानबाट नेपालमा जिहादी तथा आतंकीहरूको घुसपैठ हुनसक्ने भएकाले त्यो नगर्न÷नगराउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया