रासयनिक मलका लागि भारतसँग जीटुजी सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ फागुन १६–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग मल खरिद गर्नका लागि आज जीटुजी सम्झौतापत्रमा हस्ताक्षर गर्न लागेको छ । मलको हाहाकार झेलिरहेको कृषि मन्त्रालयले यो हस्ताक्षरपछि केही राहतको महसुस गर्नेछ ।

हस्ताक्षरका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । गत पुसको अन्तिम साता प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने बेला मल खरिदको जीटुजी सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो तर कोरोनाका कारण भ्रमण स्थगित भएपछि सम्झौतापत्रमा हस्ताक्षर भएको थिएन । सोही स्थगित भएको सम्झौतापत्रको हस्ताक्षर आज हुन लागेको कृषि मन्त्री राय यादवले बताउनुभयो ।

कृषि मन्त्रालयमा भर्चुअलमाध्यमबाट हुने सो सम्झौतापत्रमा नेपालको तर्फबाट कृषि सचिव डा.गोविन्द शर्मा र भारत सरकारको कृषि सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गर्ने मन्त्री यादवले बताउनुभयो ।

यो सम्झौता पाँच वर्षका लागि भइरहेको छ । पहिलो वर्ष एकलाख पचास हजार मेट्रिकटन मल खरिद हुन्छ भने त्यसपछि प्रत्येक वर्ष त्यसमा १० प्रतिशतले वृद्धि गर्दै जाने सम्झौता हुन गइरहेको कृषि मन्त्री महिन्द्रराय यादवले बताउनुभयो

 

तपाईको प्रतिक्रिया