आलिया र रणवीरको विहे हुँदै

बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरले छिट्टै विवाह गर्ने भएका छन् । यो वर्ष अर्थात् सन् २०२२ मा नै यो जोडीको विवाह हुने बताइएको छ । दुईजनाले सन् २०२२ को डिसेम्बरमा विवाह गर्न लागेको चर्चा थियो । तर पछिल्लो रिपोर्टअनुसार अब यी दुईले २०२२ अक्टोबरमा नै विवाह गर्ने छन् । यद्यपी, अहिलेसम्म विवाहको आधिकारिक मिति तय भएको छैन ।
भारतीय सञ्चारमाध्यमहरुले भनेका छन्, ‘जब आलिया र रणबीरको विवाहको कुरा आउँछ, मितिबारे ठ्याक्कै के भइरहेको छ, कसैलाई थाहा हुँदैन । मुम्बईको पाली डाँडामा कृष्णराज भवनको जीर्णोद्धारको कामा भइरहेको छ, उनीहरू बस्ने भनिएको घर तयार भइसकेको छैन । त्यो घर तयार हुन कम्तीमा पनि १८ महिना लाग्न सक्छ ।’
दुई जनाले गत वर्ष अर्थात् अप्रिल २०२१ मा विवाह गर्न लागेका थिए । तर कोरोना महामारीको कारण ती दुईको विवाह स्थगित गरिएको थियो । यस विषयमा आलिया भट्ट भन्छिन्, ‘मेरो मनमा मैले रणबीरसँग विवाह गरिसकेकी छु । सबै कुरा हुनुको एउटा कारण हुन्छ । जब हामी विवाह गर्छौँ, त्यो सही र सुन्दर ढंगले हुनेछ ।’
–सहारा टाइम्स पत्रिकाबाट

 

तपाईको प्रतिक्रिया