देउवा नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको तयारी

काठमाडौँ चैत १३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वर्तमान सरकारमा सहभागी हुने मनस्थिति बनाई सकेको छ । त्यसको आधिकारीक निर्णय हुन मात्र बाँकी छ । त्यसको बारेमा आधिकारिक निर्णय गर्नका लागि लोसपाले चैत १६ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

कार्यकारिणी समितिबाट आधिकारिक निर्णय भएपछि मात्र अरु प्रकृया सुरु गर्ने बताइएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्ती शेरबहादुर देउवासँग भेटेर सरकारमा सहभागीको बारेमा छलफल गरिसक्नु भएको छ ।

स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी हुने लगभग सहमति भइसकको छ । तर कतिवटा मन्त्रालय, कुन कुन मन्त्रालय लिने विषयमा सहमति भएको छैन ।

प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि यो तयारी सुरु भएको छ । लोसपाले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने प्रस्ताव गरेको छ । त्यो प्रस्तावमा प्रधानमन्त्री देउवापनि सकारात्मक रहेको कारण पार्टीको बैठकबाट नै निर्णय गर्न लागेको ती लोसपाका एकजना कार्यकारिणी सदस्यले बताउनुभयो ।

यी दुईटै मन्त्रालय लोसपालाई दिने लगभग निश्चित नै छ । तर यसका लागि काँग्रेस पार्टीका साथै गठबन्धनमा पनि छलफल हुने बताइएको छ । सरकारसँग रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय खाली छन् ।

तपाईको प्रतिक्रिया