डाक्टर पेसा छाडेर राजनीतिमा लाग्नु भएका डिम्पल झा यसरी पर्खिनु भएको छ मृत्युलाई

कतिखेर क्यान्सरका कारण परलोक पधार्नुहुन्छ कसैलाई थाह छैन । उहाँको जीवनका लागि अब सकेण्ड सेकेण्डको महत्व छ । उहाँ २ वर्ष अगाडि दिल्लीको क्यान्सर अस्पतालमा जँचालउन जाँदा अब ६ महिनाभन्दा बढी बाँच्न सक्दैन भनेको थियो ।

भारत विहार सितामढी जिल्लाको सभाससौलाको प्रोजेक्ट हिन्दु बालिक हाइस्कूलमा पढि रहँदा त्यहाँका अँग्रजी शिक्षक अरविन्द सिंहले डा.डिम्पल झालाई ‘लिडर’ भनेर बोलाउनु हुन्थ्यो । अँग्रेजी शिक्षक अरविन्दले मात्र होइन, स्कूलका प्रायः शिक्षकले उहाँलाई ‘लिडर’ भनेर बोलाउनुहुन्थ्यो । साथी भाइले पनि उहाँलाई ‘लिडर’ भन्थे । घरमा उहाँलाई ‘यो नेता बन्छिन् कि क्या हो’ भनि भन्थे । त्यही डिम्पल झा नेपाल आएर नेता मात्र होइन, सांसद हुँदै मन्त्रीसम्म बन्नुभयो ।

यसरी सांसद र मन्त्री हुन्छु भनि डिम्पल झाले कल्पना समेत गर्नुभएको थिएन । उहाँको उद्देश्य पढाई लेखाइ गरेर राम्रो ठाउँमा नोकरी गरी सेटल हुने थियो । तर परस्थितिले उहाँलाई राजनीतिमा डोर्यायो र उहाँ मन्त्रीसम्म बन्नुभयो । स्कूलमा उहाँ आफ्नो कक्षाको मोनिटर हुनुहुन्थ्यो । साथै स्कूलमा हुने अन्य सामूहिक कार्यक्रम तथा कार्यको उहाँले अगुवाई गर्नुहुन्थ्यो । विद्यार्थीमाथि हुने थिचोमिचो तथा अन्यायको बारेमा उहाँले अवाज उठाउनु हुन्थ्यो । स्कूल तथा कलेजमा गठन हुने स्वतन्त्र संगठनहरुको हिस्सा बन्नुहुन्थ्यो । अर्थात एक हिसाबले उहाँ स्कूलका नेता नै हुनुहुुुन्थ्यो । तर कुनै पार्टी विशेषको होइन उहाँले विद्यार्थीको अगुवाई गर्नुहुन्थ्यो, मोनिटर बन्नुभएको थियो ।


त्यही डिम्पल झा नेपालमा विहे गरेर आएपछि संविधानसभाको सदस्य हुँदै, प्रदेशसभाको सदस्य र मधेश प्रदेश सरकारको मन्त्री बन्न पनि सफल हुनुभयो जुन कुराको कल्पना उहाँ स्वयंले पनि गर्नुभएको थिएन । उहाँको ध्यान पढाईमा मात्र थियो । पढाई लेखाइ गरेर कुनै जागिर गरेर कुनै उच्च ओहदमा पुग्ने उहाँको सोच थियो । उहाँको पारिवारिक पृष्ठभूमी नै त्यस्तै छ । उहाँका घरमा राजनीतिकसँग कसैलाई कुनै मतलब छैन । सबैले पढाई लेखाई गरेर आआफ्नो जागिरमा सेटल भएका छन् । र, उहाँ पनि त्यही लक्ष्यमा हिडि सक्नु भएको थियो । उहाँ विहे गरेर नेपाल आएपनि पढाईलाई निरन्तरता दिनुभयो । भारतको ग्वालियरबाट बीएमएस (आयुर्वेद) सम्म अध्ययन गरि आयुर्वेद चिकित्सकमा जागिर पनि खानुभयो ।

आइएसीस सिध्याएपछि डिम्पल झाको विवाह नेपालका राजनीतिकर्मी अनिलकुमार झासँग २०५२ मा भयो । विहे गरेर उहाँ आफ्नो श्रीमानसँग काठमाडौंँ बस्न थाल्नुभयो । काठमाडौमा उहाँले आफ्नो पढाईलाई निरन्तरता दिनुभयो ।

२०७० को दोस्रो संविधानसभाको सदस्य हुनुअघि जागिरबाट राजिनामा दिनुभएका डिम्पल झा त्यसपछि सक्रिय राजनीतिमा लाग्नुभयो । संविधानसभाको सदस्य भएपछि उहाँलाई स्कूलमा ‘लिडर’ भन्नुहुने शिक्षक अरविन्द सिंह नेपाल आएर उहाँलाई फोनमा बधाई दिदै भन्नु भएको थियो, ‘म तपाईलाई लिडर–लिडर भन्थे आखिर तपाई लिडर भइ छाड्नुभयो ल बधाई छ ।’ मास्टर सिंह डिम्पल झालाई बधाई दिनका लागि भारतबाट नेपाल आउनु भएको थियो । राजनीतिमा फुलटाइमर जस्तै सक्रिय डिम्पल झालाई कतिखेर क्यान्सरले आफ्नो गिरफ्तमा लियो, उहाँ स्वयंलाई थाह भएन । राजनीतिमा संघर्ष गरिरहनु भएका डिम्पल अहिले क्यान्सरसँग पनि जुधि रहनु भएको छ । डाक्टरले दिएको समयसीमा भन्दा बढी बाँचिरहनु भएको छ तर उहाँ भन्नुहुन्छ ‘म धेरैदिनका लागि यहाँ आएको छैन ।’

पढाईको भुत
डिम्पल झामिाथ पढाईको भुत सवार थियो । सन् १९९५ मा भारतको प्रोजेक्ट हिन्दु बालिक हाइस्कुलबाट १० कक्षा पास गर्नुभएका डिम्पल झा सीतामढीको किसान कलेजबाट आइएसी पास गर्नुभयो । आइएसीस सिध्याएपछि डिम्पल झाको विवाह नेपालका राजनीतिकर्मी अनिलकुमार झासँग २०५२ मा भयो । विहे गरेर उहाँ आफ्नो श्रीमानसँग काठमाडौंँ बस्न थाल्नुभयो । काठमाडौमा उहाँले आफ्नो पढाईलाई निरन्तरता दिनुभयो । बागबजारस्थित पद्मकन्या (पिके) क्याम्पसमा बीए पढ्न थाल्नुभयो । २०५७ सालमा पीके कलेजबाट बीए सकाएपछि उहाँ चिकित्सक अध्ययनतिर लाग्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको टिचिङ अस्पतालबाट फर्मेसीमा पीसीएल गर्नुभयो ।

त्यसपछि उहाँ भारतको ग्वालियरबाट आयुर्वेदमा बीएएमएस गर्नुभयो । पाँच वर्ष भारतमै रहेर पढाइ सकाउनु भयो । एक वर्षको इन्टरर्नसीपमा ६ महिना त्यहीको एउटा अस्पतालमा गर्नुभयो । त्यसपछि काठमाडौँ फर्केर उहाँले ६ महिना नरदेवी र काभ्रेमा इन्टर्नसीप गर्नुभयो ।

विवाह गर्ने इच्छा डिम्पल झाको भएपनि उहाँले तत्कालै विहे गर्ने पक्षमा हुनुहुन्थेन । पढाइ सकाएर केही काम गर्न थालेपछि मात्र विहे गर्ने सोच डिम्पल झाको थियो । इन्टरमै पढ्दा विहेको कुरा चलेको थियो । विहेका लागि खासै उमेर पनि भएको छैन, अझै केही पढ्छु र आफै केही गर्ने लायक भएपछि मात्र विहे गर्ने कुरा डिम्पल झाले आफ्नो घरमा सुनाउनु भएको थियो ।

विवाहमा डिम्पलको सर्त
त्यतिबेला तराई मधेशमा धेरै कम महिलाले विहेपछि पनि यसरी पढाईलाई निरन्तरता दिनुभएको थियो । अनिल झासँग विहे गर्नका लागि पढाईलाई निरन्तरता दिने सर्त थियो डिम्पल झाको । विहेपछि पढ्न पाए मात्र विहे गर्ने डिम्पलको सर्त थियो । डिम्पल झा र अनिल झाको बीच २०४६ सादेखि चिनजान थियो । डिम्पल झाको फुपाको घरमा अनिल झाको वहिनीको विहे भएको थियो । अनिल झा त्यहाँ आउ जाउ गरिरहनु हुन्थ्यो । त्यही क्रममा उहाँ दुवैजनाको बीचमा चिनजान भयो । चिनजानले गर्दा एक अर्कालाई मन पराउन थाल्नुभयो ।

अनिल झाको तर्फबाट विहेको प्रस्ताव गयो । विवाह गर्ने इच्छा डिम्पल झाको भएपनि उहाँले तत्कालै विहे गर्ने पक्षमा हुनुहुन्थेन । पढाइ सकाएर केही काम गर्न थालेपछि मात्र विहे गर्ने सोच डिम्पल झाको थियो । इन्टरमै पढ्दा विहेको कुरा चलेको थियो । विहेका लागि खासै उमेर पनि भएको छैन, अझै केही पढ्छु र आफै केही गर्ने लायक भएपछि मात्र विहे गर्ने कुरा डिम्पल झाले आफ्नो घरमा सुनाउनु भएको थियो । त्यसपछि अनिल झाका परिवारले विहे भएपछि डिम्पल झाको पढाई लेखाईमा कुनै डिस्टर्व नहुने ग्यारेन्टी लिएको थियो ।

त्यसपछि मात्र डिम्पल झा विहेका लागि राजि हुनु भएको थियो । डिम्पल झा आमा बुवाको एक मात्र सन्तान भएको कारणले पढाई लेखाईमा त्यति जोड दिएका थिए । उहाँका आमाबुवालाई पनि छोरीलाई राम्रो शिक्षा दीक्षा दिएर एक होनहार छोरा जस्तै छोरीलाई बनाउने इच्छा थियो । र, त्यो इच्छा अनिल झाले पुरा गर्दिनुभयो ।

विहे गरेर आएपनि उहाँले आफ्नो पढाईलाई निरन्तरता दिनुभयो । घरमा डिम्पल झालाई एउटा बुहारीको जस्तो होइन, छोरीको जस्तो व्यवहार हुन थाल्यो । काठमाडौँमा अनिल झा राजनीतिमा सक्रिय रहेपनि डिम्पल झालाई पढाई लेखाइका लागि कुनै कमी रहन दिनुभएन । एउटा असल विद्यार्थीको जस्तै डिम्पल झा कलेज क्याम्पसमा पढ्न थाल्नुभयो । कहिले काही आफ्नो सासुरा रौतहट जानुहुन्थ्यो । त्यहाँ पनि उहाँलाई एउटा छोरी जस्तै व्यवहार हुन्थ्यो । एउटा सासु सासुराको इच्छा हुन्छ कि बुहारी घरमा बसोस्, घर व्यवहार सम्हालुन्, सेवा गरोस् । तर डिम्पल झाको हकमा त्यो थिएन । उहाँका सासु सासुरा तथा घरका अन्य सदस्यहरु सबैले उहाँलाई पढाई लेखाईमा सहयोग गर्नुभएको थियो । डिम्पल झा भन्नुहुन्छ, ‘म यो घरको बुहारी छु भनि मलाई कहिले फिल भएन, जसरी मेरो माइतीमा आमा–बुवाले पढाईका लागि भन्नुहुन्थ्यो, सहयोग गर्नुहुन्थ्यो त्यसरी नै मेरो ससुरालमा पनि भइरहेको थियो ।’

एउटा सासु सासुराको इच्छा हुन्छ कि बुहारी घरमा बसोस्, घर व्यवहार सम्हालुन्, सेवा गरोस् । तर डिम्पल झाको हकमा त्यो थिएन । उहाँका सासु सासुरा तथा घरका अन्य सदस्यहरु सबैले उहाँलाई पढाई लेखाईमा सहयोग गर्नुभएको थियो ।

ससुरालमा रहेर अध्ययन अध्यापनलाई पुरा गरेपनि आफ्नो रीति रिवाजलाई उहाँले कहिले बिर्सिनु भएन । ससुरालमा बस्दा एउटा बुहारीमा हुनुपर्ने सबै सँस्कार डिम्पल झामा थियो । अनिल झा राजनीतिमा भएको कारणले डिम्पल झाले नै घरका सारा कारोबार हेर्नु हुन्थ्यो । पढाईका साथै सासु, ससुरालाई हेरचाह गर्नुको साथै घरमा हुने अन्य सेवा सत्कार, काम धन्दा उहाँले गर्नुहुन्थ्यो । ‘म विहे गरेर आएपछि अनिलजीलाई घरको कुनै चिन्ता हुन दिइनन्, काठमाडौँमा हुँदा पनि रौतहटको घरमा हुने अन्य कुराको व्यवस्थापनदेखि लिएर यहाँ काठमाडौँमा छोराछोरीलाई पढाउनुदेखि लिएर सासु ससुरालाई उपचार, औषधीमुलो सबै गराउन मेरै जिम्मेवारी हुन्थ्यो, डिम्पल झाले भन्नुभयो, ‘अनिलजी राजनीतिमा सक्रिय भएको कारणले उहाँलाई कुनै डिस्टर्व नहोस् भनेर मैले सारा बोझ उठाएको थिए ।’

यसरी बन्नुभयो डाक्टर
आयुर्वेद चिकित्सका लागि भारतबाट पाँच वर्षको कोर्ष सकाएर नेपाल फर्केपछि नरदेवी आयुर्वेदिक अस्पताल र काभ्रेको एक अस्पतालमा छ महिना इन्टर्नसीप गर्नुभयो । इन्टर्नसीप गर्दा गर्दै उहाँले नरदेवी आयुर्वेदी अस्पतालमा कारारमा जागि पनि गर्न थाल्नुभयो । आयुर्वेदिक चिकित्सकको आठौं तहमा जागिर सुरु गर्नुभयो । त्यसबाहेक उहाँले काठमाडौँकै ओजस आयुर्वेदिक अस्पतालमा पनि चिकित्सकको रुपमा काम गर्नु थाल्नु भएको थियो ।

हुन त विहे गरेर काठमाडौँ आउने वित्तिकै पनि डिम्पल झाले नेपाल आयल निगममा जागिर पाउनु भएको थियो । केही दिन त्यहाँ जागिर गर्नुभयो तर पढाईमा डिस्टर्व हुन थालेपछि उहाँले त्यहाँबाट जागिर छाड्नु भएको थियो । डिम्पल झा भन्नुहुन्छ, ‘विहे गरेर काठमाडौँ आएपछि के गरौं के गरौं जस्तो भएको थियो, आयल निगममा जागिरका लागि ट्राइ गरे । त्यहाँको दर्ता चलानी फाँटमा जागिर पाए । तर मेरो उद्देश्य त पढाई थियो म जागिरमा फँसे भने पढाईमा डिस्टर्व हुन्छ भन्दै तीन महिनापछि त्यहाँको जागि छाडे ।’ आयल निगमको जागिर छाडेर डिम्पलले पढाईलाई निरन्तरता दिनुभयो । बीएएमएस सकाएपछि मात्र उहाँ जागिरमा जानु भयो ।


दुई ठाउँको जागिरको साथै घरपरिवार सम्हाल्नुदेखि लिएर राजनीतिमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । त्यतिबेलासम्म डिम्पल झाले एउटा छोरी र अर्को छोरा पाइसक्नु भएको थियो । छोरा–छोरीको स्यहार सुसारदेखि लिएर स्कूल पुर्याउने, ल्याउने काम पनि उहाँले नै गर्नुहुन्थ्यो । घरबाट कोही पाहुना आउनुभयो भने त्यसको सेवा सत्कार पनि डिम्पल झाकै जिम्मा हुन्थ्यो । करिब चार वर्ष उहाँको जागिर जीवन यसरी नै बित्यो ।

मेरो उद्देश्य त पढाई थियो म जागिरमा फँसे भने पढाईमा डिस्टर्व हुन्छ भन्दै तीन महिनापछि त्यहाँको जागि छाडे ।’ आयल निगमको जागिर छाडेर डिम्पलले पढाईलाई निरन्तरता दिनुभयो । बीएएमएस सकाएपछि मात्र उहाँ जागिरमा जानु भयो ।

यसरी पछि लाग्यो गाडीको लस्कर
उहाँले चार वर्षपछि २०६९ मा जागिरबाट राजिनामा दिनुभयो । उहाँ सक्रिय राजनीतिमा आइसकेपछि जागिर छाड्नुभयो । २०७० को संविधानसभा चुनावबाट उहाँ संघीय सद्भावना पार्टीबाट समानुपातिक संविधानसभा सदस्य बन्नु भएको थियो । संविधानसभा सदस्य बनेपछि उहाँको आलोचना पनि भएको थियो । अनिल झाले आफ्नै श्रीमतीलाई समानुपातिक संविधानसभा सदस्य बनाएको भनि पार्टी भित्र र पार्टी बाहिर आलोचना भएको थियो । तर डिम्पल झा भन्नुहुन्छ, ‘म समानुपातिक संविधानसभा सदस्य कसैको श्रीमती भएर पाएको होइन, पार्टी तथा राजनीतिमा योगदान दिएको कारणले पाएको हुँ । मधेशको राजनीतिमा मेरो पनि योगदान थियो र छ पनि, म राजनीतिमा सक्रिय थिए तर अरु जस्तो देखाउने गरी होइन ।’

उहाँका श्रीमान अनिलकुमार झा नेपाल सद्भावना पार्टीमा सक्रिय भएको कारण डिम्पल झालाई राजनीति बुझ्न र राजिनामा आउन कुनै समस्या भएन । घरमा जतिखेर पनि राजनीति कुरा नै हुन्थ्यो । र, त्यही कारणले जानी नजानि डिम्पल झा राजनीतिमा लाग्नु भएको हो । जब कि उहाँको उद्देश्य राजनीति थिएन, घरको माहोलले नै उहाँलाई राजनीतिमा धकेलि दियो । नेपाल सद्भावना पार्टीको महिला मञ्चमा सुरुदेखि रहनु भएको डिम्पल झा पार्टीले लगाएको हरेक कार्यक्रममा जानुहुन्थ्यो ।

नेपाल सद्भावना पार्टीले गरेको कार्यक्रम काठमाडौँमा होस् या मधेशमा होस् डिम्पल झाको उपस्थिति हुन्थ्यो नै । डिम्पल झा भन्नुहुन्छ, ‘म अरु महिला जस्तो घरमा खाना पकाएर बसिनन्, म जागिर पनि गर्थे र राजनीति पनि भ्याउथे । जागिरका कारण राजनीतिमा सोचेजति समय दिन नसकेकी हुँला तर भ्याएसम्म पार्टीका हरेक गतिविधिमा संलग्न हुन्थे ।’ मधेश आन्दोलनमा महोत्तरी, सर्लाही, रौतहट, पर्सालगायतको ठाउँमा पुगेर आन्दोलनमा सक्रिय भएको हुँ । नाकाबन्दीको समय नाकामा गएर पनि बसेको हुँ । आन्दोलनको क्रममा कतिपय युवालाई गोली लागेको दृश्य आफ्नै आँखाले देखेको हुँ ।’

मधेश आन्दोलनमा मलाई मेरो श्रीमान वा कसैले भनेर लागेको थिइनन्, राज्यबाट मधेशीमाथि हुने ज्यादतीका कारण अधिकारको लडाईमा म आफै गएको हुँ, उहाँले भन्नुभयो, ‘के कुनै नेताको श्रीमती, छोराछोरी तथा आफन्तलाई राजनीतिक गर्ने अधिकार छैनन्, पहाडी दलमा धेरै नेताका श्रीमतीहरु छन्, कतिपयका छोराछोरी पनि छन् तर त्यसको बारेमा कसैले बोल्दैनन् तर मधेशी दलमा एउटा कुनै नेताको श्रीमती राजनीतिमा आए भने त्यसैमा सबैको नजर जान्छ, यो पक्कै श्रीमानको पावरबाट आएको हो भनि भन्न थाल्छन् तर त्यो व्यक्तिले ती महिलाको योगदान र बलिदान हेर्दैन ।’

डिम्पल झाले राजनीति गर्छु भनि कहिले सोच्नु भएको थिएन । तर उहाँको सोच, उहाँको व्यवहार, कार्यशैली नेता जस्तै थियो । स्कूलमा सबैले उहाँलाई नेता–नेता भन्थे नै । घरमा पनि उहाँको जुन कार्यशैली थियो, परिवारका सदस्य सबैले भविष्यमा गएर यो नेता नै बन्छन् जस्तो लाग्छ भन्थे । तर ती कुराको इन्कार डिम्पल झाले गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘मलाई नेता सेता बन्नु छैन, पढाई लेखाइ गरेर ठूलो मान्छे बन्नुछ ।’ उहाँले त्यही अनुसार आफ्नो पढाईलाई निरन्तरता दिए जागिरमा जानु भयो । त्यो बेला महिनाको ७० देखि ८० हजार रुपियाँ कमाउनु हुन्थ्यो । तर उहाँले त्यसलाई त्यागेर राजनीतिमा आउनुभयो ।

उहाँ पिके क्याम्पस पढ्दा पनि त्यहाँको राजनीति गतिविधिमा संलग्न हुनुहुन्थ्यो । २०५८ सालमा नेपाल सद्भावना पार्टी महिला मञ्चको सहमहासचिव बन्नुभएका संघीय सद्भावना पार्टी बनेपछि त्यसको केन्द्रीय सदस्यदेखि प्रवक्तासम्म पनि बन्नुभएको थियो । अनिल झाले संघीय सद्भावना पार्टी बनाएपछि उहाँ सो पार्टीमा निकै सक्रिय हुनुभएको थियो । संगठन निर्माणदेखि पार्टीका अन्य गतिविधिमा डिम्पल झाको सक्रियता निकै बढेको थियो । पछि नेपाल सद्भावना पार्टीको अध्यक्ष अनिल झा भएपछि त्यसमा पनि डिम्पल झाको भूमिका महत्वपूर्ण थियो । नेपाल सद्भावना पार्टी लगायत अन्य दलहरु मिलेर राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) बनाएपछि सो दलको पनि डिम्पल झा केन्द्रीय सदस्य र प्रवक्ता हुनुहुन्थ्यो । राजपामा पनि डिम्पल झाको उस्तै सक्रियता थियो । त्यही सक्रियता कारण २०७४ को प्रदेशसभामा मधेश प्रदेशमा समानुपातिक प्रदेशसभा सदस्य बन्नुभयो ।

पछि नेपाल सद्भावना पार्टीको अध्यक्ष अनिल झा भएपछि त्यसमा पनि डिम्पल झाको भूमिका महत्वपूर्ण थियो । नेपाल सद्भावना पार्टी लगायत अन्य दलहरु मिलेर राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) बनाएपछि सो दलको पनि डिम्पल झा केन्द्रीय सदस्य र प्रवक्ता हुनुहुन्थ्यो ।

२०७४ को चुनावमा अनिलकुमार झा पनि प्रतिनिधिसभाको सदस्यका लागि चुनाव लड्नु भएको थियो । र, आफू प्रदेशसभा सदस्यका लागि समानुपाति उम्मेदवार भएपछि चुनावमा डिम्पल झा निकै मेहनत गर्नुभयो । त्यसैको नतिजा श्रीमान अनिलकुमार झा पनि जित्नुभयो र आफू समानुपातिकतर्फ प्रदेशसभा सदस्य पनि बन्नुभयो । २०७७ मा तत्कालिन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुँदा बनेको जसपामा पनि डिम्पल झा केन्द्रीय सदस्य बन्नुभएको थियो ।

संविधानसभा सदस्य र प्रदेशसभा सदस्य
२०७० को संविधानसभा सदस्य बनेपछि राजनीतिमा उहाँको सक्रियता झनै बढेको थियो । त्यतिबेला मधेशका अन्य नेताहरुले पनि आआफ्ना श्रीमतीलाई समानुपातिक सांसद बनाउनु भएको थियो तर सबैभन्दा फ्रन्टलाइनमा डिम्पल झा देखिनु भएको थियो । संविधानसभामा उहाँले बोलेको कुरा चर्चा हुन्थ्यो । मधेशका हरेक इस्युमा उहाँले आफ्नो कुरा राख्नुहुन्थ्यो । संविधान निर्माणका लागि बनेका विभिन्न समितिमा पनि उहाँले आफ्नो उपस्थिति देखाएर आफ्नो कुराहरु राख्नुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘संविधानसभामा मैले के के गरे, के के बोले सबै रेकर्ड अहिले पनि हेर्न सकिन्छ ।’

संविधानमा मधेशको अधिकार लेखाउन भएका संघर्षमा डिम्पल झाको पनि अगुवाई हुन्थ्यो । फरकमत राख्ने ठाउँमा फरकमत राख्नुहुन्थ्यो । जहाँ विरोध गर्नुपथ्र्यो त्यहाँ विरोध गर्नुहुन्थ्यो । त्यति हुँदा हुँदै पनि संविधानसभाबाट संविधान जारी भयो । संविधान जारी भएपछि संविधान संशोधनका लागि पार्टीले गरेको आन्दोलनमा डिम्पल झा सक्रिय भएर लाग्नुभयो । मधेश केन्द्रीत आन्दोलन होस् या काठमाडौँ केन्द्रीत सबैमा डिम्पल झाको सहभागित हुन्थ्यो ।

२०७४ को चुनावबाट उहाँ समानुपातिक प्रदेशसभा सदस्य बन्नुभयो । तर उहाँको लागि प्रदेशसभा पनि संघर्षमय रह्यो । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार राज्यमन्त्री समेत बन्नु भएका डिम्पल झा आफ्नो गाउँ मत्सरी जाँदा उहाँको पछाडी लागेको गाडीको लस्कारका कारण निकै आलोचना भएको थियो ।

कसैले साउड इण्डियन फिल्मको उदाहरण दिनु हुन्थ्यो भने कसैले डिम्पल झाको शान सौकत भन्दै टिप्पणी गर्नुहुन्थ्यो । तर डिम्पल झा भन्नुहुन्छ, ‘म कसैलाई गाडी लिएर आउन भनेको थिइनन्, कहाँबाट यति गाडि मेरो पछि लाग्यो थाह भएन तर म त्यसलाई अन्यथा लिदिन त्यो जनताको प्यार थियो, ममाथिको भरोसा र विश्वास थियो, अरुअरुले गरेको टिप्पणीले मलाई खासै असर गरेन ।’

मुख्यमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएपनि उहाँले त्यतिबेला तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजिनामा बुझाउनु भएको थियो । उपभोक्ता समितिमार्फत गराएको कामकाजको रकम भुक्तानी नगरेको र उपभोक्ताको अत्याधिक दवावका कारण आफूले राजिनामा दिएको प्रतिक्रिया उहाँले त्यतिबेला दिनुभएको थियो ।

 

प्रदेशसभामा आफ्नो धारणा राख्दाको अवस्था होस् या राज्यमन्त्रीको हैसियतमा आफ्नो मन्त्रालयमा अधिकार माग्दाको अवस्था होस् । प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो समय देखिको आफ्नो प्रयासका बावजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेको भन्दै डिम्पल झाले २०७६ माघ १४ गते मुख्यमन्त्री समक्षा राजिनामा दिनुभएको थियो । मुख्यमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएपनि उहाँले त्यतिबेला तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजिनामा बुझाउनु भएको थियो । उपभोक्ता समितिमार्फत गराएको कामकाजको रकम भुक्तानी नगरेको र उपभोक्ताको अत्याधिक दवावका कारण आफूले राजिनामा दिएको प्रतिक्रिया उहाँले त्यतिबेला दिनुभएको थियो ।

उहाँल भन्नुभयो, ‘म मधेश प्रदेश सरकारको राज्यमन्त्री थिए तर मन्त्रालयमा मलाई कुनै अधिकार दिएको थिएन, म कुनै फाइलमा हस्ताक्षर गर्ने हैसियतमा थिइनन्, त्यस्तो ठाउँमा बसेर के गर्नु भनेर नै राजिनामा दिएको थिए तर पछि पार्टीको निर्देशन अनुसार राज्यमन्त्रीमा फर्केका थिए ।’

राजिनामा दिएको ठिक एक महिनापछि उहाँ पुनः मन्त्रालय फर्किनु भएको थियो । तर जसपा बनेदेखि नै पार्टीमा विवाद उत्पन्न भएको थियो । त्यो विवादको असर मधेश सरकारसम्म पर्यो । महन्थ ठाकुर पक्षमा लागेका मन्त्री तथा राज्यमन्त्रीलाई सरकारबाट हटाउने काम भयो । त्यसको शिकार डिम्पल झा पनि हुनुभयो । उहाँ प्रदेश सांसदको हैसियतामा खानेपानी, सडक, धर्मशाला, मन्दिर, मस्जिद तथा स्कूल निर्माणका काम पनि गर्नु भएको छ । संविधानसभा सदस्य हुँदा १० देखि १२ वटा मन्दिर निर्माणदेखि लिएर थुप्रै सडक निर्माणका काम पनि गर्न लगाएको बताउँदै डिम्पल झाले आफूले चार–पाँच वटा धर्मशाला पनि बनाएको बताउनुभयो । विद्यालय निर्माण तथा मर्मतमा पनि आफूले सहयोग गरेको बताउँदै उहाँले विभिन्न स्कूललाई कम्प्युटर वितरण समेत गरेको बताउनुभयो ।


उहाँको एउटा ठूलो सपना थियो कि रौतहटमा सुविधा सम्पन्न एउटा अस्पताल निर्माण गर्ने । त्यो सपना अनिल झा र डिम्पल झा दुवैजनाले मिलेर देख्नु भएको थियो । गजेन्द्रनारायण स्मृति अस्पताल स्थापना भइसकेको छ । चैत २७ गते त्यसको उद्घाटन पनि हुन गइरहेको छ । डिम्पल झा भन्नुहुन्छ, ‘म चैत २७ गतेसम्म बाँच्छु कि बाँच्दिन थाह छैन, तर मेरो एउटा सपना पुरा हुँदैछ ।’ सो अस्पतालमा पनि उहाँले संसदीय कोषको रकम हाल्नु भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको किड्नी फेल भएको छ, उहाँले उपचार गराई गराई काम गरिरहनु भएको छ, दुई दुई पटक प्रधानमन्त्री भएर काम गर्नुभयो, अहिले पनि सक्रिय राजनीतिमा हुनुहुन्छ, त्यस्तो अवस्थामा उहाँमा आत्मबल छ भने आफूमा किन नहुने भन्नुहुँदै डिम्पल झाले भन्नुभयो, ‘म पनि त्यही आत्मबलका कारण काम गरिरहेको छु, जति दिन बाँच्छु जनताको लागि काम गर्छु ।’

मृत्युलाई पर्खेको
डिम्पल झा पेसाले डाक्टर हुनुहुन्छ । उहाँले आफ्नो मात्र होइन, घरपरिवारको स्वास्थ्यको पनि ख्याल गर्नुहुन्छ । घरमा कोही विरामी भए भने उहाँले त्यसको उपचार गर्नुदेखि लिएर सरसल्लाह दिनुहुन्थ्यो तर उहाँलाई विस्तारै विस्तारै क्यान्सरले कसरी आफ्नो कब्जामा लियो उहाँ स्वयंले थाह पाउनु भएन । उहाँ अहिले क्यान्सरबाट ग्रसित हुनुहुन्छ । कतिखेर क्यान्सरका कारण परलोक पधार्नुहुन्छ कसैलाई थाह छैन । उहाँको जीवनका लागि अब सकेण्ड सेकेण्डको महत्व छ । उहाँ २ वर्ष अगाडि दिल्लीको क्यान्सर अस्पतालमा जँचालउन जाँदा अब ६ महिनाभन्दा बढी बाँच्न सक्दैन भनेको थियो । डाक्टरले औषधी मुलो गराउन पनि छाडि दिन भनेको थियो तर उहाँ दुई वर्षदेखि क्यान्सरसँग भिडि रहनु भएको छ । कतिखेर के हुन्छ, कसैलाई थाह छैन । डाक्टरका अनुसार डिम्पल झाको क्यान्सर अन्तिम स्टेडमा पुगि सकेको छ ।

डिम्पल झालाई कोलोन क्यान्सर (ठूलो आन्द्रा) छ । दुई वर्षअघि असार महिनामा उहाँले आफूलाई क्यान्सर भएको थाह पाउनु भएको थियो । डिम्पल झा भन्नुहुन्छ, मलाई ग्यास्ट्रिको समस्या पहिलादेखि नै थियो, त्यसको उपचार गराई रहेको थिए । म डाक्टर भएको कारणले आफ्नो स्वास्थ्यप्रति निकै कन्सर्न थिए, प्रत्येक तीन–तीन महिनामा स्वास्थ्य चेकअप गराउँदै आइरहेका थिए । त्यस्तो कुनै समस्या कहिले देखाएनन् ।’ कोरोनाका कारण बन्दाबन्दी भएको बेला डिम्पल झाको पेट अचानक दुख्न थाल्यो । त्यतिबेला बाहिर निस्कने अवस्था पनि थिएन । उहाँले घरबाटै डाक्टरको सल्लाहमा औषधी खान थाल्नुभयो ।

‘फोन सम्पर्कमा डाक्टरहरुले जे जे सल्लाह दिनुहुन्थ्यो, त्यही अनुसार गर्थे औषधी खान्थे तर एक दिन असहय पिडा भएपछि म आफै वीर अस्पताल पुगे, डिम्पल झाले भन्नुभयो, ‘वीर अस्पतालमा एकजना चिनेको डाक्टरको चेम्बरमा छिरे । विना चेकजाँच नै मेरो अवस्था हेरेर उहाँले समस्या ठम्याउनु भयो । हेमोग्लोविन ५.२ थियो । सिटी स्क्यान गराए । मलाई क्यान्सर छ भनि चेकजाँचबाट पुष्टि भयो तर डाक्टरले मलाई तत्कालै भन्नुभएन ।’

वीर अस्पतालका डाक्टरले डिम्पललाई क्यान्सर छ भन्ने कुरा अनिल झालाई भनिसक्नु भएको थियो तर डिम्पल झालाई भनिरहेको थियो । यो कुरा अनिल झाले दिल्ली लग्ने तयारी गरिरहेको बेला मात्र डिम्पललाई भन्नुभएको थियो । डिम्पल झा आफै डाक्टर भएको कारण रिर्पोट पत्ता लगाउने उहाँका लागि गाह्रो कुरा होइन, त्यही भएर यसलाई लुकाउन सकिदैन भनि अनिल झाले डिम्पललाई क्यान्सरको बारेमा जानकारी दिनुभएको थियो । वीर अस्पतालमै डिम्पल झालाई ब्लड चढाइएको थियो ।

नाकाबन्दी भएको कारण स्वास्थ्य प्रोटोकल पुरा गरेर अनिल झाले उपचारका लागि डिम्पललाई दिल्ली लग्नु भयो । डिल्लीको एउटा क्यान्सर अस्पतालमा उपचार गरेपनि क्यान्सर निको नहुने अवस्थामा पुगि सकेको थियो । अब धरै बाँच्न सक्दैनन्, औषधी गराउनु भन्दा घरमा लगेर सेवा सत्कार गर्नुस्, जति बाँचिन्छ त्यो नाफा नै हो, धेरैमा ६ महिना बाँच्न सक्छ भनि डाक्टरले भनेको थियो ।

डिम्पल झाको उपचार जारी राख्यो । डाक्टरकै सम्पर्कमा बस्यो । डिल्लीबाट फर्केपनि डिम्पल झा राजनीतिक सक्रियता छाड्नु भएन । प्रदेशसभालगायत आफ्ना क्षेत्रमा गएर कार्यक्रमहरु गर्ने कामलाई उहाँले निरन्तरता दिनुभयो । दुई वर्षदेखि उपचार पनि चलिरहेको छ भने अर्कोतिर उहाँको सक्रियता पनि कम भइरहेको थिएन । तर पछिल्लो समय उहाँ झन सकिस्त हुनुभएको छ । उपचार चलिरहेको छ । उहाँले पनि ज्यानको माया मारिसक्नु भएको छ । तर ४२ वर्षीय डिम्पल झा भन्नुहुन्छ, ‘म आजको लागि बाँचि रहेको छु, जति मिनेट बाँच्छु त्यति जनताको सेवामा नै समर्पित हुन्छु ।’ एमालेका अध्यक्ष केपी शर्मा ओलीको किड्नी फेल भएको छ, उहाँले उपचार गराई गराई काम गरिरहनु भएको छ, दुई दुई पटक प्रधानमन्त्री भएर काम गर्नुभयो, अहिले पनि सक्रिय राजनीतिमा हुनुहुन्छ, त्यस्तो अवस्थामा उहाँमा आत्मबल छ भने आफूमा किन नहुने भन्नुहुँदै डिम्पल झाले भन्नुभयो, ‘म पनि त्यही आत्मबलका कारण काम गरिरहेको छु, जति दिन बाँच्छु जनताको लागि काम गर्छु ।’

‘मर्छु भनि चिन्ता छैन, चिन्ताले चित्तामा पुर्याउँछ, चिन्ता र चित्ताको बीचमा आधा न को मात्र फरक छ । मानवको मृत्यु निश्चित छ, कोही चाँडो मर्छ कोही ढिलो । त्यसमा आफूलाई कुनै चिन्ता छैन, उहाँले भन्नुभयो, ‘अझै केही बाँच्यो भने मधेशी महिलाका लागि केही गर्छु ।’

विदेश भ्रमण
एउटा कुनै संस्थाको माध्यमबाट गोष्ठीमा भाग लिन इण्डोनेसिया जानुभएको थियो । पारिवारीक घुमघामका लागि थाइल्याण्ड जानु भएका डिम्पल झा अनिल झा मन्त्रीको रुपमा अमेरिका जाँदा उहाँ पनि साथमा जानुभएको थियो । अर्को पटक आफै संसद भएको नाताले अमेरिका जानुभएको हो । अनिल झा मन्त्री भएको बेला उहाँको साथमा डिम्पल झा अष्ट्रेलिया जानुभएको थियो । पारिवारिक घुमघामका लागि दुवई जानुभएका डिम्पल झा सगठनको कामका लागि मलेसिया पनि जानुभएको हो ।

परिवार
बुवा सुदर्शन पाठक र आमा सोभा पाठकको कोखबाट सन् १२ जुलाई १९७९ मा जन्मनु भएका डिम्पल झाका जेठी छोरी श्वेता झाको निधन भइसकेको छ । उहाँ १२ कक्षासम्म अध्ययन गर्नुभएको थियो । छोरा उज्जवल झा डिल्ली युनिभर्सिटीबाट ब्याचलर गर्नुभएको छ । अहिले उहाँ राजविराजमा एलएलबी पढी रहनु भएको छ । आफूलाई क्यान्सर भएको थाह पाएपछि डिम्पल झाले छोरा उज्जवको पनि विहे गरि दिनुभयो । सन् २०२० मा जनकपुरका मानषी ठाकुरसँग डिम्पलका छोरा उज्जवलको विहे भएको हो ।

तपाईको प्रतिक्रिया