तराई मधेश राष्ट्रिय परिषद्को अध्यक्षमा सरोज राय

काठमाडौँ चैत २१ गते । तराई मधेश राष्ट्रिय परिषद्को राष्ट्रिय भेलाले समाजिक अभियन्ता सरोज रायको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ । चैत्र १९ गते राष्ट्रिय भेलाको बन्द सत्रमा उपस्थित प्रतिनिधीहरुको सर्वसम्मतिले केन्द्रीय कार्यसमिति गठन गरेको अध्यक्ष रायले बताउनुभयो । चैत्र १८ गतेदेखि सुरु भएको भेलाको उद्घाटन समारोह संयोजक विकास कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त समारोहमा मधेशी आयोगका अध्यक्ष डा.विजय दत्त, स्वाधिन मधेश अभियानका संयोजक कैलाश महतो, नागरिक अगुवा नारायण वाग्ले, अधिकारकर्मी तथा अभियन्ता रिता साह, अधिकारकर्मी राकेश मिश्र तथा आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले सम्बोधन गर्नु भएको थियो ।

अध्यक्ष रायका अनुसार परिषद्को उपाध्यक्षमा गुरू शरण सिंह, महासचिवमा अशोक यादव, सचिवमा राजकुमार महतो र कोषाध्यक्षमा गौतम राजलाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरूमा सिएन थारू, अधिवक्ता विकास ठाकुर, सुशील चन्द्र ठाकुर, चन्दन साह, प्रिती रमन, गुन्जा राय, मनिषा साह, बजरंगी यादव, दिपक कुमार यादव, आदर्श कुमार सहनी, संजय साह, जय प्रकाश यादव, सत्रु यादव, अंशु कुमार यादव, विकास कुमार यादव, सुनील कुमार यादव, नरेन्द्र यादव र आदित्य यादव रहनु भएको छ ।

साथै, परिषद्को मनोनित हुने केन्द्रिय सदस्यको प्रस्ताव केन्द्रिय समितिको बैठकबाट हुने वैधानिक प्रावधान छ भने उपरोक्त समितको कार्यकाल तीन वर्षको हुनेछ । दोश्रो दिनको बन्द सत्रमा परिषद्को विधान र सांगठनिक प्रतिवेदन प्रस्तुत भई पारित गरिएको थियो ।

तपाईको प्रतिक्रिया