औरही गाउँपालिकामा जसपा र माओवादीबीच प्रतिस्पर्धा, जनमतले दियो संजयलाई टिकट

सिरहा वैशाख ५ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले औरही गाउँपालिकाको अध्यक्षका लागि संजय यादवलाई मनोनयन पत्र (टिकट) प्रदान गरेको छ । जनकपुरमा एक कार्यक्रमको आयोजना गरी जनमत पार्टीले सो मनोनय पत्र प्रदान गरेको हो ।

औरही गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र र काँग्रेसबीच प्रतिस्पर्धा रहेको छ । यसअघि माओवादी केन्द्रले गाउँपालिकामा चुनाव जितेको थियो । जसपाका ६ मतले मात्र पछाडी परेको थियो ।

यसपटक पनि यी दुई दलको बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसपाले शिवजी यादवलाई अध्यक्ष पदको लागि टुगों लगाई सकेको छ । औपचारिक घोषणा हुन मात्र बाँकी छ । यता माओवादी केन्द्रमा जीवछ यादव र सिद्धार्थ यादवबीच प्रतिस्पर्धा रहेको छ । दुईजनामध्ये कसले टिकट पाउने भनि प्रतिस्पर्धा चलेको छ ।

काँग्रेसबाट अध्यक्ष पदका लागि सुवास यादवको नाम चर्चामा रहेको छ ।

तपाईको प्रतिक्रिया