पत्रकार बीपी साहले पाउनु भयो मेयरको टिकट

धनुषा वैशाख ५ गते । सिके राउत नेतृत्वको जनमत पार्टीका भातृ संगठन प्रेस जनमत संघका अध्यक्ष बीपी साहले धनुषाको सबैला नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नका लागि टिकट (मनोनयपत्र) प्राप्त गर्नुभएको छ ।

पार्टीले एक कार्यक्रम गरि स्थानीय तहको चुनावमा विभिन्न पालिकामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारलाई टिकट प्रदान गरेको छ । अध्यक्ष साह पत्रकारिताबाट मूलधारको राजनीतिमा प्रवेश गरी स्थानीय तहको उम्मेदवार बन्नु भएको छ ।

तपाईको प्रतिक्रिया