राखी साइनो डिप्लोमेसीको ट्रयाक–२

–अनन्त अनुराग
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको स्वागतलाई प्रधानमन्त्री शेरवहादुर देउवालाई निकै इन्तजार गर्नुपर्यो । स्वभाबिक रुपमा बनेको सरकार भएको भए दिल्लीले उहिले नै नेपालका नवनियुक्त प्रधानमन्त्री देउवालाई उहिले नै स्वागत गरिसकेका हुन्थे । तर विशेष परस्थितिमा प्रधानमन्त्री बन्नु भएको हुनाले भारतले पनि सोही अनुसार स्वागत गरेको प्रष्ट छ । नत्र अघि नर्मल तरिकाले प्रधानमन्त्री बनेका व्यक्तिलाई शुभकामना दिने दिन नै भ्रमणका लागि निमन्त्रणा दिने गरिन्थ्यो । र, दुई तीनको भित्रमा प्रधानमन्त्रीहरुको भ्रमण हुन्थ्यो । तर पाँचौ पटक प्रधानमन्त्री बन्नु भएका शेर बहादुर देउवालाई दिल्लीको न्यानो स्वागत पाउन अलिक समय पर्खिनु पर्यो ।


यसको सुरुवात भने “राखी कुटनिती“ बाट भएको थियो । भारतीय जनता पार्टी (बीजेपी) का बिदेश बिभाग प्रमुख डा. बिजय चौथाइबालेको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री देउवाका पत्नी डा. आरजु देउवाले रक्षा बन्धनको बखत आफ्नै निवासमा जोडिएको राखी साइनो आफैमा डिप्लोमेसीको ट्राक २ को उच्चतम नमुना भएको कुटनैतिकका जानकारहरुको तर्क छ । संभवतः काग्रेस र प्रधानमन्त्री देउवाको भारतसँगको संबन्ध सुधारको प्रमुख कडिको रुपमा यसलाई लिन सकिन्छ ।

२०७८ चैत्रको १८ देखि २० गतेसम्म भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि खासै एजेण्डा थिएन । तर सिमा समस्या र नेपालले लिपुलेख, लिम्पियाधुरा लगायतको क्षेत्र समाबेश गरि जारी गरिएको प्रशासनिक नक्साबाट क्रुद्ध बनेका मोदी सरकारले दिल्लीको बीजृेपी मुख्यालयमा नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई पुरयाएर एउटा नयाँ सन्देश दिन खोजेको प्रष्ट देखिन्छ ।

प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सामु समर्पण गरेका थिए वा बीजेपीले प्रधानमन्त्री देउवासँग नयाँ स्तरमा सम्बन्ध बिस्तार गर्न चाहेका थिए समयले पुष्ठि गर्दै जाला तर देशको मुखियाको हैसियतमा छिमेकी मुलुक भारत पुगेर सत्तारूढ दलको मुख्यालय पुगेर भ्रमणको सुरुवात गर्नुलाई धेरैले अस्वभाविक रुपमा लिएको देखियो ।

दिल्लीमा समेत यसलाई त्यति सकारात्मक रुपमा लिएको जस्तो मलाई लागेको थिएन । भारतका कुटनीति मामिलाका जानकार तथा विज्ञहरुले पनि यो भ्रमणमा बीजेपीका हेडक्वाटर नजाँदा नै राम्रो हुन्थ्यो भनि टिप्पणी गरेको सुनिन्थ्यो । प्रधानमन्त्री देउवाको बीजेपी मुख्यालय भ्रमण कुन हैसियतमा गर्नु भयो ? प्रधानमन्त्री वा काँग्रेसको सभापतिको रुपमा त्यो स्पष्ट थिएन । शेरबहादुर नेपालको प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जानु भएको थियो । त्यस अवस्थामा आफू पार्टीको सभापतिको हैसियतमा बीजीपीको हेडक्वाटर गएको भन्नु तर्कसंगत भएन ।

बीजीपीको हेडक्वाटर प्रधानमन्त्रीको हैसियतामा कि काँग्रेससभापतिको हैसियतमा गएको हो ? यो प्रश्नको उत्तर स्वदेश फर्किदा प्रधानमन्त्री देउवासँगै जानु भएका परराष्ट्र मन्त्री डा.नारायण खड्काले प्रष्टाउने प्रयास गरे । तर, भ्रमण दुई देशको सम्बन्ध बलियो बनाउन भन्दा प्रधानमन्त्री देउवा र प्रधानमन्त्री देउवा पत्नीको राजनीतिक सम्बन्ध बिस्तारको लागि प्रायोजित थियो कि भन्नि टिप्पणी हुन थालेको छ । भ्रमणको क्रममा चार समुदघाटन र चार नयाँ सहमति पत्रमा हस्तान्तक्षर भएका थिए । त्यसमध्ये उर्जा सम्झौता एक मत्वपूर्ण सम्झौता थियो । तर, प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सिमा बिबाद समाधानका लागि भारतीय प्रधानमन्त्री मोदीलाई गर्नु भएको आग्रह एक प्रमुख बिषय बन्यो ।

यता, सोही दिन भारतीय विदेश सचिवले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सिमा बिबादलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिदैं उपयुक्त च्यानलमार्फत वार्ता र संवादबाट समाधान गर्नु पर्ने धारणा राख्नु भएको थियो । तर भ्रमण यतिविधि अस्तव्यस्त थियो कि भनि साध्य छैन । दिल्लीस्थित नेपाली दूतावासका कर्मचारी र त्यहाँका व्यवस्थापन हेर्दा लाग्थ्यो एम्बेसी हो कि गाउँको सरकारी स्कूल । नेपालको तर्फबाट न कुनै प्रेस ब्रीफ न कुनै सूचनासँगै गएका नीजि सन्चारमाध्यमका पत्रकारहरुको ब्यबस्थापनको कुरो त परै जाओस सँगै गएका सरकारी संचार माध्यमका प्रतिनिधि स्वंय हैदराबाद हाउसमा जान पाएका थिएनन ।

विगतमा प्रधानमन्त्रीको भारत भ्रमणको अनुभवको आधारमा भर्खरै राजदुत भएर जानू भएका डा. शंकर शर्मा पनि आफैं अलमलको अबस्थामा देखिनु भएको थियो । दुई पटक प्रतिनिधि मण्डल बीचको संबाद र एक पटक वान टु वान प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदी बीचको भेट्बार्ता नेपालको लागि भन्दा पनि अगामी दिनमा नेपाल भारत सम्बन्ध कसरी अगाडि बढने हेरौं र पर्खौको अवस्था अझै कायम छ । तर बीजेपी मुख्यालयमा अध्यक्ष जेपी नड्डाले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई दिनु भएको शुभकामनाको अगामी निर्वाचन पछि बन्ने सरकार र नेपालको भबिष्यको दिशा र दसा तय हुने प्रष्ट संकेत थियो । यता, बराणसी पुगेर काशी बिश्वनाथमा गर्नु भएको विशेष पुजा र पुजाको बेला प्रधानमन्त्री पत्नी आरजु देउवाले देखाउनु भएको उच्च हिन्दु संस्कार नेपालमा “हिन्दु कार्ड“ को एक अंश हो कि आशंका नेपालमा सर्बत्र देखियो ।

(प्रधानमन्त्री शेरबहादुर देउवासँग भारत भ्रमण दलमा जानु भएको पत्रकार अनन्त अनुराग दिल्लीबाट फर्केपछि)

तपाईको प्रतिक्रिया