कहाँ हराइन आशा टाकिया ?

बलिउड अभिनेत्री आयशा टाकियालाई धेरैले फिल्म वान्टेडबाट चिन्न थाले । उनले हालै आफ्नो ३६ औँ जन्मदिन मनाएकी छिन् । आयशाले आफ्नो करियरमा वान्टेडबाहेक शादी से पहले, दिल मांगे मोर जस्ता सफल फिल्ममा अभिनय गरिन् । १० अप्रिलमा जन्मिएकी आयशाले ‘सोचा न था’, ‘डोर’, ‘नो स्मोकिङ’ जस्ता गम्भीर फिल्ममा पनि काम गरिन् तर उनलाई यो फिल्मले खासै पहिचान भने दिलाएन । अहिले उनी फिल्मबाट टाढै छिन् र बलिउडमा उनको करियर लगभग समाप्त नै भइसकेको छ । आयशा टाकियाको जीवनबारे केही रोचक तथ्यबारे जानकारी लिऔँ ।

आयशा टाकियाले १५ वर्षको उमेरमा नै मोडलिङको दुनियाँमा कदम राखेकी थिइन् । मोडलिङका कारण उनलाई त्यतिबेलाकी चर्चित गायिका फाल्गुनी पाठकको एल्बम गीत ‘मेरी चुनर उड–उड जाए’ मा ब्रेक पाएकी थिइन् । त्यसपछि उनले सन् २००४ मा रिलिज भएको फिल्म ‘टार्जन ः द वन्डर कार’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि आयशाले आफ्नो करियरमा विभिन्न फिल्ममा अभिनय गरिन् तर उनले केही कमाल गर्न सकिनन् । सन् २०१० मा रिलिज भएको सलमान खानको फिल्म वान्टेडमा उनले सलमानको को–स्टारको रुपमा अभिनय गरिन् । यो फिल्म सुपरहिट भयो ।

तपाईको प्रतिक्रिया