डेरी उद्योग संघमा पुन दाहाल

डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दाहाल चयन हुनुभएको छ । संघको चैत २५ गते सम्पन्न १३ औं वार्षिक साधारणसभाले दाहाललाई अध्यक्ष चयन गरेको हो । यसअघि पनि उहाँ नै अध्यक्ष हुनुहुन्थ्यो । संघको उपाध्यक्षमा निरञ्जन श्रेष्ठ, महासचिवमा विश्वराज वस्नेत र कोषाध्यक्षमा पुष्पराज वस्नेत रहनु भएको संघका अध्यक्ष दहालले बताउनुभयो । सदस्यहरुमा जेनन सैंजु, रामचन्द्र उप्रेती, राजुबावु श्रेष्ठ, मिलनकुमार सिंह, सन्तोषलाल श्रेष्ठ र रविप्रसाद रिजाल चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष दाहालले विगत दुइवर्ष अवधिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण कृषक तथा उद्यमी मारमा पर्न गएकोले चालु आर्थिक वर्ष पर्याप्त मात्रमा दुध उत्पादन हुन नसक्दा आगामी असार साउन महिनामा दुधको चरम अभाव हुने दावी गर्नुभयो । प्रादेशिक उत्पादनअनुसार लुम्विनी प्रदेश दोस्रो स्थानमा रहेको पनि अझै संगठित क्षेत्रका डेरीबाट दुधको कारोबार हुन सकिरहेको बताउनुभयो ।

दाहालका अनुसार कुल उत्पादनको २१ प्रतिशत अर्थात चार लाख ६६ हजार मेटिकटन दुध लुम्विनी प्रदेशमा उत्पादन हुने गरेको छ । दुधमा आत्मनिर्भर हुन अझै दैनिक दुई लाख लिटर आवश्यक छ । प्रदेशेका बाँके, वर्दिया, रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी पश्चिम लगायतका जिल्लामा उत्पादन हुने दूध अझै पनि संगठित क्षेत्रका डेरी उद्योगबाट कारोबार हुन नसकेको भन्दै बजार सुनिश्चितताक लागि दुग्ध किसानलाई संगठित क्षेत्रमै बिक्री गर्न उहाँले आग्रह पनि गर्नुभएको छ ।

संघका अनुसार हाल दुधको वार्षिक उत्पादन २३ मेटिकटन रहेको छ, जसमध्ये गाईको करिब ३० देखि ३५ प्रतिशत र भैंसीको ६५ प्रतिशत रहेको छ । वार्षिक उत्पादन बृद्धिदर तीनदेखि चार प्रतिशत हाराहारीमा रहेको छ भने दूधको उपलव्धता प्रतिवर्ष प्रतिव्यक्ति ७९ लिटरमात्रै रहेको छ । विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक प्रतिव्यक्ति दुईसय ५२ मिलिलिटर वा प्रतिव्यक्ति वार्षिक ९१ लिटर आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया