विद्यार्थी नै नभएको विद्यालयमा पाँचजना शिक्षक, सरुवापत्र बुझ्न मान्दैनन् शिक्षकहरु

स्कूलका हेडमास्टर श्याम यादव र शिक्षक भुवनेश्वर यादवलाई सरुवा गरिए पनि उहाँ दुईजनाको तलब गुलरिया स्कूलमा नै पठाएको छ । अरु तीन जनाको तलब सरुवा भएको स्कूलमा र दुईजनाको तलब गुलरिया स्कूलमा रहनुमाथि शिक्षकहरुले प्रश्न तेर्सांउनु भएको छ ।

सिरहा सदरमुकामदेखि तीन किलोमिटर टाढामा मात्र रहेको सिरहा नगरपालिकाभित्रै पर्ने आधारभूत विद्यालय रामनगर गुलरियामा पाँचजना शिक्षक विगत तीन वर्षदेखि विद्यार्थीलाई नपढाईकन तलब खाइरहनु भएको छ । सो स्कूलमा तीन वर्षदेखि एकजना पनि विद्यार्थी छैन तर ती शिक्षकहरुले नियमित हाजिर गरेर तलब खाइ रहनु भएको छ । शिक्षकले नै नपढाएको कारण विद्यार्थी त्यहाँ नटिकेको निष्कर्ष निकाल्दै सिरहा नगरपालिकाले गत साउनमै पाँचजना शिक्षकलाई सरुवा गरेको छ । तर ती शिक्षकले हालसम्म रमाना बुझि रहेका छैनन् ।

सिरहा नगरपालिकाका शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले स्कूलमा विद्यार्थी नरहेको कारण त्यहाँ रहेका शिक्षकलाई अन्यत्र सरुवा गरेपनि जान नमानेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, हामीले ती पाँचजना शिक्षकलाई नै गत साउनमै अन्यत्र सरुवा गरेका छौं तर अहिलेसम्म उहाँहरुले पत्र बुझ्न मान्नु भएको छैन ।’

सुरुमा स्कूलमै गएर उहाँहरुलाई सरुवापत्र बुझाउने काम भयो तर शिक्षकहरुले सो पत्र लिन नमानेपछि नगरपालिकामा नै फर्केर आएको शाखा प्रमुख काशिन्द्र यादवले बताउनुभयो । पछि त्यहाँका हेडमास्टर श्याम यादवको मार्फतबाट पनि सो पत्र पठाएको तर ती शिक्षकहरुले पत्र नै बुझ्न मानेनन् । फेरि त्यो पत्र नगरपालिकामा नै फर्केर आएका छन् । अहिले त्यही पत्र फेरि ती शिक्षकहरुलाई हुलाकमार्फत पठाएको छ । हुलाकीमार्फत पठाएको पत्र पनि बुझ्न मानेनन् भने कानुन अनुसार कारवाही हुने शाखा प्रमुख काशिन्द्र यादवले बताउनुभयो ।
तर त्यहाँ कार्यरत शिक्षक चन्देश्वर यादव भन्नुहुन्छ, ‘साउनमा काटेका पत्र फागुनमा बुझाउन आएपछि हामी कसरी बुझ्छौं, यही नजिकको नगरपालिकाबाट पत्र आउन आठ महिना लाग्छ त । पुराना मितिको पत्र भएको कारण हामीले सो पत्र नबुझेको हो ।’ प्रकृया मिलाएर पत्र आयो भने सरुवा पत्र बुझ्ने र खटाएको ठाउँमा पनि जाने बताँदै उहाँले यहाँ विद्यार्थी नभएको कारण हामीलाई पनि काम गर्न गाह्रो भइरहेको छ, अरु नै स्कूलमा गइहल्ने बताउनुभयो ।

हेडमास्टर श्याम यादवको मार्फतबाट पनि सो पत्र पठाएको तर ती शिक्षकहरुले पत्र नै बुझ्न मानेनन् । फेरि त्यो पत्र नगरपालिकामा नै फर्केर आएका छन् ।

सिरहा नगरपालिकाले त्यहाँका हेडमास्टर श्यामकुमार यादवलाई आधारभूत विद्यालय रमौल मखनाहा–३ मा सरुवा गरिएको छ । चन्देश्वर यादवलाई आधारभूत विद्यालय डेङ्गही, सावित्री शर्मालाई दलित उत्थान आधारभूत विद्यालय सिरहा वडा नम्बर १७, जगदीश दासलाई आधारभूत विद्यालय सारस्वर र भुवनेश्वर यादवलाई समाज सेवा आधारभूत विद्यालय मुसहरी टोल सरुवा गरिएको छ तर हालसम्म उहाँहरुले पत्र बुझ्नु भएको छैन ।

नगरपालिकाका शाखा प्रमुख काशिन्द्र यादवले ती पाँचजना स्कूलको मास्टरहरुको तलब गुलरिया स्कूलमा गएको छैन, जहाँ जहाँ जुनजुन स्कूलमा सरुवा गरिएको छ त्यही स्कूलमा उहाँहरुको तलब पठाइएको बताउनुभयो । तर स्रोत भन्छ, स्कूलका हेडमास्टर श्याम यादव र शिक्षक भुवनेश्वर यादवलाई सरुवा गरिए पनि उहाँ दुईजनाको तलब गुलरिया स्कूलमा नै पठाएको छ । अरु तीन जनाको तलब सरुवा भएको स्कूलमा र दुईजनाको तलब गुलरिया स्कूलमा रहनुमाथि शिक्षकहरुले प्रश्न तेर्सांउनु भएको छ ।

सबै शिक्षकहरु कुनै नकुनै पार्टीसँग जोडिएका छन् । सबै शिक्षक नेता नै हुन् । कुनै अभिभावकले भन्न गए भने उल्टै उहाँहरु झगडा गर्छन् त्यही भएर अभिभावकहरु त्यहाँ भन्न जानुको सट्टा आआफ्नो विद्यार्थी नै त्यहाँबाट निकालेको उहाँले बताउनुभयो । 

हेडमास्टर श्याम यादवले स्कूलमा विद्यार्थी नआएको कारणले आफूहरु नपढाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, हामीलाई पनि बसी बसी तलब खाने मन छैन तर विद्यार्थी नै आउँदैन भने कसलाई पढाउने तपाई नै भन्नुस् त ।’

विद्यार्थीलाई स्कूल पठाई दिनका लागि गाउँमा गएर पटक पटक आग्रह गरेको तर अभिभावकले विद्यार्थी नै पठाउन नचाहेको उहाँले बताउनुभयो । उहाँले आफूहरु विद्यार्थी पढाउनकै लागि विद्यालयमा बसेको तर अभिभावकले आआफ्ना विद्यार्थीलाई बोर्डिङ स्कूलमा पठाउँछन् तर यहाँ पठाउँदैन त्यही भएर एकजना विद्यार्थी यहाँ नरहेको दावी गर्नुभयो ।

तर सोही गाउँका अभिभावक विरेन्द्र यादवले मास्टरहरु विद्यार्थीलाई नपढाएको कारण अहिले स्कूल खाली भएको बताउनुभयो । मास्टरहरु पढाउनु हुन्न, एक त विद्यालय नै आउनु हुन्न आएपनि क्लाशमा नगएर कार्यालयमै बसेर गफ हाँकिरहेका हुन्छन्, विद्यार्थीले पढाई दिनु न भन्न गए भने ल आज छुट्टी छ आज तिमीहरु घर, पढाई हुँदैन भनेर विद्यार्थी पठाउने गरेको कारण अभिभावकहरु आफ्नो बच्चा किन राख्छन् त्यो स्कूलमा भनि उहाँले प्रश्न गर्नुभयो ।

सबै शिक्षकहरु कुनै नकुनै पार्टीसँग जोडिएका छन् । सबै शिक्षक नेता नै हुन् । कुनै अभिभावकले भन्न गए भने उल्टै उहाँहरु झगडा गर्छन् त्यही भएर अभिभावकहरु त्यहाँ भन्न जानुको सट्टा आआफ्नो विद्यार्थी नै त्यहाँबाट निकालेको उहाँले बताउनुभयो । हेडमास्टर श्याम यादव सिरहा छोटकी टोल सिरहाका हुनुहुन्छ । उहाँले सबैलाई थर्काएर राख्नु भएको छ । उहाँले कसैसँग सोझोमुखले कुरा नगरेको अभिभावकहरुको गुनासो छ । हेडमास्टरको कामहरु विद्यालयको व्यवस्थापन सुधार गर्ने हो कि राजनीतिक गर्ने हो तर उहाँको अधिकाँश समय राजनीतिमा नै वितेको गुनासो अभिभावकको रहेको छ ।

शिक्षा शाखाका प्रमुख काशिन्द्र यादवले पनि त्यहाँका मास्टरहरुले नै नपढाएको कारण विद्यार्थीहरु भागेको बताउनुभयो । स्कूल सुधार गर्नका लागि आफूले धेरै प्रयास गरे तर शिक्षकहरु नसुध्रेको कारण यो अवस्था भएको उहाँले बताउनुभयो । शिक्षकहरु राम्रोसँग पढाएको भए विद्यार्थीहरु भाग्ने थिएन तर शिक्षकहरुले नै ध्यान दिएन त्यही भएर त्यो अवस्था भएको उहाँको बुझाई छ ।

तपाईको प्रतिक्रिया