मेयरको उम्मेदवारका लागि सिफारिस भएका लोसपा नेता एमालेमा प्रवेश

जनकपुर बैशाख ६ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएका जानकी राम साह आज एमालेमा प्रवेश गर्नुभएको छ । लोसपाबाट वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित समेत रहनु भएका साह आज एमाले प्रवेश गर्नुभएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले आज आफ्नै निवासमा एक कार्यक्रम गरी उहाँलाई पार्टीमा भित्र्याउनु भएको हो ।

उहाँको नाम मेयरका लागि सिफारिस भएपनि टिकट पाउने सम्भावना नदेखेपछि उहाँ एमालेमा प्रवेश गर्नुभएको हो । एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर बनाउने आश्वासन दिएको छ ।

तपाईको प्रतिक्रिया