पर्सामा जसपाको दलित कोटाका सदस्य निर्विरोध

पर्सा वैशाख १७ गते । जनता समाजवादी पार्टीले पर्साबाट जितको खाता खोलेको छ । जसपा पर्साले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बाट आफ्नो जितको पहिलो खाता खोलेको छ ।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ को दलित महिला वडा सदस्य वसन्ती देवी निर्विरोध निर्वाचित भएपछि जसपाले पर्साबाट आफ्नो जितको सुरुवात गरेको जसपा पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया