वडा अध्ययक्षले स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने, कसरी गर्ने स्वास्थ्य विमा ?

सिरहा जेठ १४–सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामपृत यादवले प्रत्येक नागरिकलाई स्वास्थ्य विमा गराउन आग्रह गर्नुभएको छ ।

हिजो पदभार ग्रहण गर्दै अध्यक्ष यादवले उपचार खर्च साह्रै महँगो हुँदै गइरहेको छ, खर्चकै अभावमा कतिपयको ज्यान जाने गरेको हुनाले प्रत्येक नागरिकले स्वास्थ्य विमा गराए त्यसले धेरै हदसम्म समस्या समाधान हुने बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।

उहाँले आफ्नो वडाका वाडावासीलाई स्वास्थ्य विमा गराउनमा प्रोत्साहित गर्नका लागि विमा रकममा ५० प्रतिशत सहयोग गर्ने घोषणा गर्नुभएको छ । स्थानीय तहमा जसपाबाट वडा अध्यक्षमा निर्वाचन यादवले पदभार ग्रहण गर्नुहुँदै वडावासीका लागि स्वास्थय विमा गराउँदा ५० प्रतिशत सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले औरही वडा नम्बर ५ का सम्पूर्ण नागरिकलाई स्वास्थ्य विम ऐन २०७४ र स्वास्थ्य नियमावली २०७५ वमोजिम मापदण्ड तथा प्रकृया अपनाई ५० प्रतिशत स्वास्य विमा शुल्क पूदान गर्ने घोषणा गर्नुभएको छ ।

स्वास्थ्य विमा गराएपछि योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनो समाजिक परामर्श, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा, बाहिरङ्ग, भर्ना उपचार, आकस्मिक, शाल्यक्रिया, औषधी, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवा, निदानात्मक वा पुनस्र्थापना सम्बन्धिी सेवा, एम्बुलेन्स सेवालगायत सहयोग प्राप्त हुनेछ ।

प्रत्येक वडामा रहेका दर्ता सहयोगी मार्फत यस कार्यक्रममा आवद्ध हुन सकिन्छ । बीमित हुन चाहने परिवारले हाफ्नो घरमुली तथा अन्य सदस्यहरुका लागि नागरिकता वा नेपाल सरकारबाट जारी वैधानीक परिचय पत्र अनिवार्य रुपमा देखाई परिवारका सबै सदस्यहरुको आवश्यक फाराम भरि दर्ता सहयोगीले मोबाइलबाट फोटो खिचेर मात्र आबद्ध हुन सकिन्छ ।

स्वास्थ्य विमाका लागि कति लाग्छ रकम ?
स्वास्थ्य बीमाको आबद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्दछ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिभि र एचआइभि संक्रमित बिरामी भएका घर परिवारलाई योगदान रकममा पूर्ण छुटको व्यवस्था गरिएको छ ।

सरकारले पूर्ण छुट गरेको बाहेकले वार्षिक ३५ रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यसमा औरही गाउँपालिका वडा नम्बर ५ ले ५० प्रतिशत तिरि दिएपछि विमितले एक हजार ७५० रुपियाँ मात्र तिर्नुपर्छ ।

तपाईको प्रतिक्रिया