सर्लाही क्षेत्र ३ का लागि दीपक महतोले गरे उम्मेदवारी घोषणा

काठमाडौँ असार ९ गते । युवा नेता दीपक महतोले अगामी संघीय निर्वाचनमा सर्लाही क्षेत्र न. ३ बाट संघीय सांसदको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेता महतोले उम्मेदवारी घोषणा गरे पनि पार्टीको नाम खुलाउनु भएको छैन । उहाँ जसपाका संघीय परिषद सदस्य तथा समाजवादी युवा संघका केन्द्रीय उपाधयक्ष एवम विदेश विभाग प्रमुख समेत रहनु भएको छ । नेता महतो विद्यार्थी कालदेखि नै राजनितिमा सकृय भएर संगठनको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । उहाँ राजनैतिक तथा समाजिक क्षेत्रमा थुप्रै कामहरु गरेका छन् । २०६२÷६३ जनआन्दोलन, मधेश जनविद्रोह, २०७२ सालको दोस्रो मधेश आन्दोलनमा सहभागी भई बिभिन्न काल खण्डमा आन्दोलनका अगुवाई तथा नेतृत्व गर्दै आउनु भएको छ ।

पटक–पटक लड्यौ व्यवस्था परिवर्तनका लागि अब अवस्था परिवर्तनका लागि लडौ । गरिवी, वेरोजगारी, असमानता, विभेद, विकृति, विसंगतिका विरुद्ध तथा समाजिक न्याय एवम सुरक्षाका लागि निरन्तर संघर्ष तथा समाधानका लागि तथा समुन्नत समाज निर्माणका लागि नीति, रणनीति, ऐन, कानुन आदि व्यवस्था गर्न तथा अहिलेको युगको आवश्यकता एवम अभिभारा पुरा गर्न संघीय संसदमा युवा नेतृत्व अपरिहार्य भएको हुदाँ नेता महतोले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया