डेरी एशोसिएशनको अध्यक्षमा दाहाल चयन

काठमाडौं । नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल चयन भएका छन् । हटौंडामा भएको एसोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनबाट दाहाल अध्यक्षमा चयन हुनु भएको हो ।

दाहालले एसोसिएशनमा एक कार्यकाल केन्द्रीय सदस्य, तीन कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भएर काम गर्नुभएको थियो । डेरी क्षेत्रमा लामो अनुभव लिनु भएका नव निर्वाचित अध्यक्ष दहालले हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर सञ्चालन गर्दै आउनु भएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य समेत रहनु भएका उहाँ बागमती प्रदेश दुग्ध विकास बोर्डको सदस्य पनि हुनुहुन्छ । साथै, उहाँले शिक्षामा पनि लगानी गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया