आज लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ असार १७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।
बबरमहलस्थित पार्टी कार्यालयमा शनिवार बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत अन्य समसामयीक विषयमा छलफल हुने कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले बताउनुभयो ।

कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्ण संयोजक रहेको समितिले पार्टी विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सक्नु भएको छ । सो विधानको मस्यौदामाथि शीर्ष नेताहरुको बीचमा छलफल पनि भइसकेको छ । त्यसलाई कार्यकारिणी समितिबाट पास गराई निर्वाचन आयोगमा बुझाउने तयारी रहेको छ ।

केन्द्रीय समिति सदस्यको नाम संकलन गर्ने कार्य भइरहेको छ । प्राप्त नाममा सहमति जुटाउनका लागि कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ । त्यस्तै भातृ संगठनको नाम तय भइसकेको छ । त्यसको संगठन निर्माणका लागि पनि छलफल हुने बताइएको छ ।
त्यसका साथै सरकारलाई बुझाएको ज्ञापनपत्र अझै कार्यान्वनमा आएको छैन । ज्ञापनपत्र बारे सरकारलाई पटक पटक ध्यानाकर्षण पनि गराएको छ तर अझै त्यो कार्यान्वनमा नआएको कारण त्यसको विषयमा पनि छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया