केन्द्रीय समितिको बैठकका लागि उपेन्द्र यादव पुग्नुभयो वीरगञ्ज

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकका लागि सो पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पुग्नुभयो वीरगञ्ज पुग्नु भएको छ ।

आज कार्यकारिणी समितिको बेठक राखिएको छ भने भोलीदेखि केन्द्रीय समितिको बैठक बस्ने भएको छ । केन्द्रीय समितिको बेठकको तयारीका लागि आज कार्यकरिणी समितिको बैठक आज ११ बजे बोलाइएको हो । पार्टीका अधिकाँश केन्द्रीय सदस्य वीरगञ्ज पुगि सकेका छन् । नपुगेकाहरु आज साँझ सम्म पुग्नेछन् ।

यता, आजदेखि जसपा बाबुराम भट्टराइ पक्षको केन्द्रीय समितिको बैठक यहाँ काठमाडौँमा सुरु हुने भएको छ । जडिबुटीको रायल जडीबुटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो ।
यी दुई बैठकले जसपा नेपालको भविष्य निर्धारण हुनेछ ।

तपाईको प्रतिक्रिया