मोदीसँग सुस्मिताको सम्बन्ध चर्चामा

बलिउड अभिनेत्री सुस्मिता सेनसँग ललित मोदीको सम्बन्धको घोषणा भएको एक दिनपछि अभिनेत्रीको प्रतिक्रिया सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आफ्ना दुई छोरीसँगको तस्बिर सेयर गर्दै सुस्मिताले आफू निकै खुसी रहेको तर अहिलेसम्म विवाह नगरेको बताउनु भएको छ । यति स्पष्टीकरण पर्याप्त हुने उहाँले लेख्नु भएको छ ।

तस्बिर सेयर गर्दै सुस्मिताले लेखेकी छिन्, ‘म धेरै खुसी छु । यहाँ न विवाह छ न सगाई, केवल बिना शर्त प्रेम । मलाई लाग्छ यो स्पष्टीकरण पर्याप्त हुनेछ, अब हामी आफ्नो काम र जीवनमा फर्कौँ । सधैँ मेरो खुसीमा सामेल हुनु भएकोमा धन्यवाद र खुसी नहुने तपाईंलाई फरक पर्दैन । तपाईंहरु सबैलाई धेरै धेरै माया ।’ सुस्मिता सेनसँगको सम्बन्धलाई बाहिर ल्याएपछि ललित मोदीले असार ३० गते सामाजिक सञ्जालमा अभिनेत्रीसँगका केही तस्बिर पनि सेयर गर्नुभएको छ । तिनमा सुस्मिताको हातमा औँठी पनि देखिएको छ । त्यसलाई कतिले इन्गेजमेन्ट औँठी भएको अनुमान गरे ।

मोदीले आफ्नो ट्वीटर अकाउन्टमा सुष्मितासँगका केही तस्बिरहरू सेयर गरेर दुई बीचको सम्बन्धको आधिकारिक घोषणा गर्नुभएको थियो । ट्विटमा उहाँले अभिनेत्रीलाई आफ्नो ‘बेटर हाफ’ भन्नु भएका छ । ललित मोदीले उहाँको इन्स्टाग्राम एकाउन्टमा पनि प्रोफाइल तस्वीर परिवर्तन गरेर सुस्मितासँगको फोटो राख्नु भएको छ । मोदीले यसमा सुस्मिताको इन्स्टा अकाउन्ट पनि ट्याग गर्नुभएको छ । बायोमा मोदीले लेख्नु भएको छ,–‘अन्ततः नयाँ जीवनको सुरुवात, अपराधमा साझेदार, सुस्मिता सेनसँग ‘मेरो प्रेम’ ।’

सुस्मिताको नाम अहिलेसम्म धेरै मानिससँग जोडिएको छ । अभिनेत्रीको ११ जनाभन्दा बढीसँग अफेयर रहेको सार्वजनिक नै भए । गत वर्ष डिसेम्बरमा सुस्मिताको उहाँभन्दा १६ वर्ष कान्छा प्रेमी रोहमन शालसँग उाहँको ब्रेकअप भएको थियो । रोहमनअघि सुस्मिताको नाम विक्रम भट्ट, रणदीप हुड्डा, वसीम अकरम, सञ्जय नारंग, बंटी सजदेहहरुसँग जोडिएको थियो । .ललित मोदीसँग सुस्मिताको सम्बन्ध १२ वर्षभन्दा पुरानो हो । इटालीको फ्लोरेन्समा व्यापारी सज्जन जिन्दलकी छोरी तन्वी जिन्दलको बिहेमा उहाँहरुको पहिलो भेट भएको थियो । पाहुनाहरु बसेको होटलमा यी दुई पटक पटक सँगै देखिनु भएको थियो ।

तपाईको प्रतिक्रिया