रियाको फिल्म फ्लप तर आफू हिट

अभिनेत्री रीया चक्रवर्तीले सानोपर्दाबाट अभिनयमा डेब्यु गर्नु भएको छ । त्यसपछि साउथ तथा बलिउड फिल्म अभिनय गर्नुभएको उहाँका खासै फिल्म सफल भएका छैनन् । तर उहाँ व्यक्तिगत जीवनका सधैं चर्चामा रहन्छ । उहाँको जीवनशैली भव्य छ । उहाँ करोडौंको सम्पत्तिको मालिक पनि हुनुहुन्छ ।

उहाँसँग कारका केही संग्रह छ । भिडियो जकीको रूपमा आफ्नो करियर सुरु गर्नुभएको उहाँले सन् २००९ मा एक रियालटी शोबाट सानोपर्दामा डेब्यु गर्नुभएको थियो । २०१२ को फिल्म ‘टुनिगा टुनिगा’ बाट साउथ फिल्म अभिनय डेब्यू गर्नुभएको उहाँले त्यसको एकवर्षपछि ‘मेरे ड्याड की मारुती’ बाट बलिउडमा डेब्यू गर्नुभयो । उहाँले अहिलेसम्म धेरै फिल्म गर्नुभयो । तर अधिकांश फिल्म फ्लप छन् ।

अभिनयमा हिट नभएपनि उहाँ अन्य प्रोजेक्टबाट भने महिनामा लाखौँ कमाउनु हुन्छ । एक रिपोर्टका अनुसार रीयाको महिनामा २.५ लाखभन्दा बढी आम्दानी छ । रीयाको ब्रान्ड एन्डोर्समेन्ट र स्टेज शोबाट पनि कमाउनु हुन्छ । भारतीय रकममा उहाँको सम्पत्ति करिब ११ करोड हुन्छ । उहाँको मुम्बईमा एउटा फ्ल्याट छ, जसको मूल्य ८५ लाख रुपैयाँ पर्छ

तपाईको प्रतिक्रिया