अन्तिम समयमा गोल गर्ने राजकिशोर

जेपीले राजकिशोर यादवलाई किन रोज्नुभयो कसैले भन्न सकिरहेका छैनन् । तर त्यतिबेला फोरम गणतान्त्रिकका लागि बनाएको टीममध्ये राजकिशोर मात्र राजनीतिमा अहिले सक्रिय हुनुहुन्छ, अरु सबै हराए । त्यतिबेला फोरम गवणतान्त्रिकको तर्फबाट जेपी गुप्ता सञ्चारमन्त्री हुनुभयो

नेपाली राजनीतिमा एक भाग्यशाली नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ भने अर्को नेता जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव हुनुहुन्छ । देउवा जस्तै उहाँ पनि भाग्यमा विश्वास गर्नुहुन्छ । र, भाग्यकै कारण आज राजनीतिको टपबिन्दुमा हुनुहुन्छ । मधेश आन्दोलनसँगै मधेशी जनअधिकार फोरम नेपालबाट २०६० सालदेखि राजनीति सुरु गर्नुभएका राजकिशोर यादव पहिलो संविधानसभा (२०६४) को सदस्य हुनुभएको थियो । उहाँका राजनीतिक यात्रा त्यति लामो छैन । यसबेलासम्म उहाँ दुई पटक मन्त्री, पार्टीको अध्यक्ष, अध्यक्षमण्डलका सदस्य समेत बन्न सफल हुनु भएको छ ।

राजनीतिमा सही समयमा सही निर्णय गरेर अगाडि जो बढ्छन् उही सफल नेता मानिन्छ । त्यो क्षमता राजकिशोर यादवमा देखिन्छ । उहाँ राजनीतिमा धेरै कम बोल्नु हुन्छ तर धेरै गर्नुहुन्छ । सुरुमा विजयकुमार गच्छदारले पार्टी विभाजन गर्दा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिनु भएको थियो । त्यतिबेला उहाँ उपेन्द्र यादवको प्रिय नेतामध्येका एक हुनुहुन्थ्यो । सत्ताका लागि हुने हरेक दाउपेंचमा उहाँको भूमिका हुन्थ्यो । जब उपेन्द्र यादवसँग सम्बन्ध बिग्रियो अनि उहाँ शान्त हुनुभयो । एउटा घटनाका कारण जेपी गुप्ता उपेन्द्र यादवबाट अलग हुनुभयो । उपेन्द्र यादव र जेपी गुप्ताबीच अन्तरद्वन्द चल्दा राजकिशोर यादव चुपचाप हुनुहुन्थ्यो । उहाँ कुनै पक्षमा हुनुहुन्थेन । जब जेपी गुप्ता पार्टी विभाजन गर्नुभयो । र, आफ्नो निवासमा मेडियालाई ब्रिफिङ गर्न उभिनुभयो त्यहाँ जेपी गुप्ताको साथमा राजकिशोर यादवलाई पनि देखिनुभयो । पार्टी विभाजनमा राजकिशोर यादवको कुनै भूमिका थिएन तर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेर जेपी गुप्ता आफै अध्यक्ष हुनुभयो भने सहअध्यक्ष राजकिशोर यादवलाई बनाउनुभयो ।

त्यहाँ राजकिशोरभन्दा थुप्रै पुराना नेताहरु राजलाल यादव, नन्दन दत्त, चन्द्रिकाप्रसाद यादव, आत्माराम साहलगायतका हुनुहुन्थ्यो तर जेपी गुप्ताले राजकिशोरलाई नै पार्टीको सकेण्डम्यान बनाउनुभयो । जेपीले राजकिशोर यादवलाई किन रोज्नुभयो कसैले भन्न सकिरहेका छैनन् । तर त्यतिबेला फोरम गणतान्त्रिकका लागि बनाएको टीममध्ये राजकिशोर मात्र राजनीतिमा अहिले सक्रिय हुनुहुन्छ, अरु सबै हराए । त्यतिबेला फोरम गवणतान्त्रिकको तर्फबाट जेपी गुप्ता सञ्चारमन्त्री हुनुभयो ।

त्यसको केही दिनमै उहाँमाथि लागेको भ्रष्टाचारको मुद्दाका कारण उहाँ जेल पर्नुभयो । र, राजकिशोर यादवको भाग्य खुल्यो । उहाँ फोरम गणतान्त्रिकको अध्यक्ष मात्रै बन्नु भएन सञ्चार मन्त्री र सरकारको प्रवक्ता समेत बन्नुभयो । एकैपटक यी सबै कुरा कुनै भाग्यशालीले मात्र पाउँछन् । फोरम गणतान्त्रिकको अध्यक्ष बन्न अरु अरु नेताले पनि त्यतिबेला दावी गर्नुभएको थियो तर राजकिशोर यादवले आफ्नो चतुराईका कारण सो पद हात पार्न सफल हुनुभयो । पार्टीमा उहाँलाई मन्त्री बन्न न दिन पनि दिइरहेका थिएन । त्यसका लागि पार्टीमा विवाद पनि भएको थियो तर राजकिशोरको अगाडि कसैको केही चलेन ।

पहिलो संविधानसभा विघटन भयो । २०७० मा संविधानसभाको दोस्रो चुनाव भयो । त्यो चुनावमा उहाँ हार्नुभयो । त्यो हारले उहाँलाई केही फरक परेन । किनभने उहाँले आफ्नो श्रीमती सरितकुमारी यादवलाई समानुपातिकबाट सांसद बनाउनुभयो । पार्टीमा त्यसको घोर विरोध भयो तर राजकिशोरले ती सबैलाई सम्हाल्नुभयो । विभिन्न मोर्चा, गठबन्धन बनाउँदै त्यतिबेला पनि राजकिशोर राजनीतिको केन्द्रविन्दुमा नै हुनुहुन्थ्यो । मधेश आन्दोलनमा आफ्नो भूमिका देखाई नै रहनु भएको थियो । २०७४ को चुनाव हुनुअघि विभिन्न छवटा दल मिलेर राजपा नेपाल बन्यो त्यसमा राजकिशोर नेतृत्वको फोरम नेपाल गणतान्त्रिक पनि एक थियो ।

विभिन्न ६ वटा पार्टीलाई एक ठाउँमा ल्याउन राजकिशोर यादवको भूमिका थियो भने कुरा त्यतिबेलाका सञ्चारमाध्यमा उल्लेख थियो । सप्तरीमा भएको भएको एक कार्यक्रममा उहाँले पार्टी एकताका लागि प्रस्ताव गर्नुको साथै सार्वजनिक आह्वान पनि गर्नुभएको थियो । राजपा नेपाल बनेपछि त्यसमा गठन भएको ६ सदस्यीय अध्यक्षमण्डलमा एकजना राजकिशोर यादव पनि हुनुहुन्थ्यो । राजपाको अध्यक्षमण्डलमा हुँदा पनि उहाँ राजनीतिको केन्द्रविन्दुमै हुनुहुन्थ्यो । २०७४ को प्रतिनिधिसभा चुनाव पनि उहाँले जित्नुभयो । पार्टीमा अन्तरद्वन्द सुरु भएपछि उहाँले कहिले महन्थ ठाकुर र राजेन्द्र महतोको बीचमा भिडाई दिनुहुन्थ्यो भने कहिले महन्थ ठाकुर र महेन्द्र राय यादवको बीचमा भिडाई दिनुहुन्थ्यो । कहिले राजेन्द्र महतो र अनिलकुमार झाको बीचमा भिडन्त गराई दिनुहुन्थ्यो । तर दृश्यमा उहाँ आफै कहिले देखिनु भएको थिएन ।

राजपाको अध्यक्षमण्डलमा हुँदा पनि उहाँ राजनीतिको केन्द्रविन्दुमै हुनुहुन्थ्यो । २०७४ को प्रतिनिधिसभा चुनाव पनि उहाँले जित्नुभयो । पार्टीमा अन्तरद्वन्द सुरु भएपछि उहाँले कहिले महन्थ ठाकुर र राजेन्द्र महतोको बीचमा भिडाई दिनुहुन्थ्यो भने कहिले महन्थ ठाकुर र महेन्द्र राय यादवको बीचमा भिडाई दिनुहुन्थ्यो ।

राजपा गठन भएपछि महन्थ ठाकुर २२ महिनासम्म अध्यक्षमण्डलको संयोजक भएर पार्टी सञ्चालन गर्नुभएको थियो । जब कि दुई दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेर्ने पार्टीमा सहमित थियो । यो कुरा सबैको दिमागमा थियो तर कार्यान्वयनमा ल्याउने कसैले आँट गरिरहनु भएको थिएन । उहाँले राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव र अनिलकुमार झालाई उचालेर महोत्तरीको एउटा होटलमा बैठक बसि महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजकबाट हटाएर दुई दुई महिनाको चक्रिय प्रणाली लागु गर्ने निर्णयमा सहमति बनाउनु भएको थियो । दुई दुई महिनाको चक्रिय प्रणाली सुरु हुँदा सो क्रममा राजकिशोर यादव पनि दुईपटक अध्यक्षमण्डलको संयोजक हुनुभयो ।

यो घटनाले महन्थ ठाकुर एक्लै एकातिर शरतसिंह भण्डारी, राजेन्द्र महतो र अनिलकुमार झा अर्कोतिर हुनुहुन्थ्यो तर राजकिशोर यादव कतै खुल्नुभएको थिएन । जबकी यी सबलाई उचाल्ने काम उहाँले नै गर्नुभएको थियो । उहाँ नै यी सबका डिजाइनर हुनुहुन्थ्यो । २०७७ वैशाख १० गते मध्यराती राजपा र समाजवादी पार्टीबीच एकीकरण हुँदा राजकिशोर पुरै गौण हुनुहुन्थ्यो । जब एकता घोषणा भयो अनि एकाएक उहाँ पनि लाइटमा आउनुभयो र पार्टीको कार्यकारिणी सदस्यसम्म हात पार्न सफल हुनुभयो । जसपा बनेपछि राजकिशोर यादव पुनः उपेन्द्र यादवको विश्वास पात्र बन्नुभयो । दुवैजना एउटै मञ्चमा देखिन थाल्नुभयो । जताततै राजकिशोरको भूमिका देखिन थाल्यो । त्यहाँ महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारीलगायत सबै गौण हुनुभयो । उहाँहरुको कुनै भूमिका देखिरहेका थिएनन् । अन्तरद्वन्द बढ्दै गयो । स्थिति यहाँसम्म बन्यो कि जसपामा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई कारवाही गर्ने तर महन्थ ठाकुर पक्षकाले उपेन्द्र यादवलाई कारवाही गर्नेसम्मको अवस्था सृजना भएको थियो । त्यो बेला पनि राजकिशोर कही कतै आउट हुनुभएको थिएन । चुपचाप उहाँ पुजापाठको बहानामा घरमा बस्नुभयो ।

पार्टीभित्र भइरहेको झगडामा उहाँले कुनै मतलब राख्नु भएका थिएन । पार्टी विभाजनको अवस्थामा पुगि सक्यो तैपनि राजकिशोरको कुनै सुरसार छैन । विवादकै बीचमा महन्थ ठाकुरले आफ्नो पक्षबाट ओली नेतृत्वको तत्कालिन सरकारमा राज्यमन्त्रीसहित १० जना मन्त्री पठाउनु भएको थियो । तर त्यहाँ राजकिशोरलाई कसैले सोधखोज पनि गरेका थिएनन् । महन्थ ठाकुर पक्षका मन्त्रीले सपथ लिइसकेपछिको भोलीपल्ट राजकिशोर यादवले पनि पार्टीमा कसैलाई न भनिकन उद्योग मन्त्रीमा सपथ लिनुभयो । यो कुरा न जसपाका उपेन्द्र पक्षलाई थाह थियो न महन्थ पक्षलाई ।

जसपा बनेपछि राजकिशोर यादव पुनः उपेन्द्र यादवको विश्वास पात्र बन्नुभयो । दुवैजना एउटै मञ्चमा देखिन थाल्नुभयो । जताततै राजकिशोरको भूमिका देखिन थाल्यो ।

सर्वोच्चका एउटा निर्णयले सबै मन्त्री फिर्ता हुनुभयो । तर पार्टीका विवाद साम्य भएको थिएन । पार्टी विभाजनको डिलमा पुगि सकेको थियो । यता, शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि संसदमा देउवाले सांसदका समर्थन लिँदा महन्थ ठाकुर समर्थन गर्ने कि नगर्ने अन्योलन थियो । उपेन्द्र यादवले त देउवालाई नै समर्थन गर्ने निर्णय गरिसक्नु भएको थियो तर राजकिशोर कसलाई समर्थन गर्ने टुगों लागेको थिएन । जब संसदमा भोटिगं सुरु भयो अनि कताबाट राजकिशोर यादव आएर सबभन्दा पहिले देउवालाई समर्थन जनाउनु भयो ।

पार्टी विवादका कारण निर्वाचन आयोगले सनाखतका लागि निर्वाचन आयोगमा उपस्थितिका लागि आग्रह आयो । राजकिशोर यादवले महन्थ ठाकुरलाई समर्थन गर्ने कि उपेन्द्र यादवलाई त्यो कुराको स्पष्ट थिएन । जब आयोगमा टाउको गिन्ने कार्यक्रम सुरु भयो अनि उहाँ आएर उपेन्द्र यादवको पक्षमा उभिदिनुभयो । त्यसपछि फेरि उपेन्द्र र राजकिशोरको राम्रो दोस्ती भयो । बाहिर कतै कार्यक्रम छ भने उपेन्द्रले राजकिशोरलाई पठाउनु हुन्थ्यो । तर त्यो सम्बन्ध धेरै दिनसम्म टिकेन । राजकिशोर यादव फेरि अलग थलग बस्न थाल्नुभयो । जब उपेन्द्र र बाबुरामबीच अन्तरद्वन्द सुरु भयो । राजकिशोर बाबुरामको पक्षमा जानुभयो । पत्रकारले सोध्दा आफू जसपामा रहेको कसैको पक्षमा नरहेको प्रतिकृया दिनुहुन्थ्यो । तर बाबुराम र उपेन्द्रको द्वन्दको डिजाइन राजकिशोरको हो ।

राजकिशोर यादवले महन्थ ठाकुरलाई समर्थन गर्ने कि उपेन्द्र यादवलाई त्यो कुराको स्पष्ट थिएन । जब आयोगमा टाउको गिन्ने कार्यक्रम सुरु भयो अनि उहाँ आएर उपेन्द्र यादवको पक्षमा उभिदिनुभयो । त्यसपछि फेरि उपेन्द्र र राजकिशोरको राम्रो दोस्ती भयो ।

राजकिशोरले बाबुरामलाई साथ दिने प्रतिवद्धता पनि जनाउनु भएको थियो । बाबुराम समूहका बस्ने हरेक बैठकमा राजकिशोरको उपस्थिति हुन्थ्यो । तर जब पार्टी विभाजन गर्ने अवस्था आयो । बाबुरामले केन्द्रीय समितिको विस्तारित बैठक जडिबुटीमा बसाउनुभयो । त्यसमा राजकिशोर एकाएक साइलेन्ट हुनुभयो र जडीबुटीको बैठकमा उहाँ जान भएन । अहिले उहाँ न उपेन्द्र यादवको पक्षमा हुनुहुन्छ न बाबुरामको पक्षमा । बाबुराम र महेन्द्ररायलाई उहाँले उचालेर पार्टी विभाजन गर्ने अवस्थामा पुर्याई दिनुभयो तर साथ दिनुभएन । अहिले उपेन्द्रले बाबुराम, महेन्द्रसहित नौजनालाई कारवाही गर्नुभएको छ तर राजकिशोर यादव कारवाहीमा पर्नुभएन । उहाँ सेफ हुनुहुन्छ । यो घटनामा पनि उहाँले उचित समयमा उचित निर्णय लिएर छलाङ मार्नुहुन्छ ।

२०३० साउन १८ गते जन्मनु भएका राजकिशोर यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । इन्जिनियरिङ पढ्नु भएका राजकिशोर यादव २०६० सालदेखि मधेसी जनअधिकार फोरममा आबद्ध भई पहिलो मधेश आन्दोलनबाट सक्रिय राजनीतिमा आउनु भएको हो । उपेन्द्रको पार्टीबाट अलग भएपछि २०६७ मा फोरम गणतान्त्रिक निर्माण गरेर उहाँ अध्यक्ष बन्नुभएका थियो ।
–सहारा टाइम्स पत्रिकाबाट सभार

तपाईको प्रतिक्रिया