बाबुरामले भट्टराईले बोलाउनु भयो नेपाल समाजवादी पार्टीको पहिलो बैठक

काठमाडौँ साउन २१ गते । जनता समाजबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएका डा.बाबुराम भटट्राईले आज बैठक बोलाउनु भएको छ । बाबुराम भट्टराई निकटकै दीपक लामिछानेको नेतृत्वमा यसअघि नै निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो ।

सोही पार्टीलाई डा.बाबुराम भट्टराईले पुनर्गठन गर्नुभएको छ । तर पार्टीका पदाधिकारीहरु चयन गर्नुभएको छैन । यद्यपी आज बस्ने बैठकबाट संगठन निर्माण पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

विश्वदीप पाण्डेका अनुसार बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुनुको साथै केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन , कार्यकारिणी समिति र पदाधिकारी चयनको विषयमा छलफल हुनेछ ।

यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि उहाँले बताउनुभयो । मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरिएको सो चुनावमा नेपाल समाजवादी पार्टीले कसरी भाग लिन्छ त्यसको बारेमा पनि छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया