सांसद रौनियारद्वारा सडक उद्घाटन

पर्सा साउन २२ गते । पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले हिजो शनिवार एक सडकको उद्घाटन गर्नु भएको छ । पर्सा जगरनाथपूर गाउँपालिका वडा नम्बर ६ बहुअरी परसौनीमा नव निर्मित सडकको सांसद रौनियारले उद्घाटन गर्नु भएको हो ।

सो उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य मन्जुर अन्सारी ,जनता साज्बादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य मोहनलाल चौधरी , जसपा यूवा नेता शिव कुमार साह , नेपाल शिक्षक महासंघ पर्साका सह(अध्यक्ष एवम शिक्षक नेता भरथ गिरी , शिक्षक मुकलेश गद्दी लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया