मल्लिकालाई थिएन नायिका बन्ने इजाजत

कुनै समय बलिउडकी बोल्ड नायिका मल्लिका शेरावत लामो समयदेखि फिल्मबाट टाढा छिन् । अब उनी रजत कपुरको फिल्मबाट फिर्ता हुँदैछिन् । आफू ‘सम्झौता’ गर्न तयार नभएका कारण धेरै फिल्म गुमाएको उनी बताउँछिन् । मल्लिकाले आफ्नो परिवारबारे कुरा गर्दै परिवारले उनको फिल्मी करियरलाई फिटिक्कै मन नपराएको र उनले आफ्नो मार्ग आफैँले प्रशस्त गरेको बताएकी छिन् ।

मल्लिका शेरावतका अनुसार उनी यस्तो परिवारकी हुन् जहाँ फिल्ममा काम गर्नेबारे सोच्न पनि सकिँदैन । उनलाई पश्चिमी लुगा लगाउन वा साँझ अबेरसम्म घरबाट बाहिर बस्न पनि उनलाई निषेध गर्ने गरिन्थ्यो । उनी भन्छिन्, ‘म हरियाणाको एक परम्परागत परिवारबाट आएको हुँ । मेरा आमाबाबु रूढीवादी सोचका थिए । मैले पश्चिमी लुगा लगाएको उहाँहरुलाई मन पर्दैनथ्यो । उहाँहरुले मलाई मेरा साथीहरुसँग नाइट आउट गर्न छुट दिएको अहिलेसम्म पनि याद छैन । यहाँसम्म कि बेलुकाको खाना बाहिर खान जाने छुटसमेत थिएन । अँध्यारो हुनुअघि मेरो भाइ र मलाई घरमा आइपुग्नु पर्ने दबाब थियो । ’

मल्लिका बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहन्थिन् तर यसमा उनको परिवारको आपत्ति थियो । मल्लिका भन्छिन्, ‘मेरो बुबाले कल्पना पनि गर्न सक्नुहुन्न कि एउटी केटी वा महिलाले यस्तोसम्मको सपना देख्न सक्छिन् । बुवाका अनुसार महिला भनेको घर सम्हाल्ने खालको र कसैको श्रीमती भएर बस्न सक्ने खालको हुनुपर्छ ।’

‘मेरी हजुरआमाले मेरो मुखमै भन्नुहुन्थ्या ‘तँ केटी होस्, तेरो केही महत्व छैन । यो केटा हो, यसले त परिवारको नाम बढाउँछ ।’ बिपाशाले भनिन्, मलाई लाग्यो कि यो सायद साँचो होला । मेरी आमाले हजुरआमालाई ‘छोरीलाई यस्तो नभन्नु, यो गलत हो’ भनेर कहिल्यै भन्नुभएन ।’

मल्लिकाका अनुसार परिवारसँग विद्रोह गरेर घर छोडेपछि बलिउडमा आफ्नो ठाउँ बनाउने भन्ने एउटै मात्र सपना थियो । उनलाई प्रारम्भिक काम पाउन खासै गाह्रो भएन । ‘मेरो पहिलो विज्ञापन बच्चन साहेबसँग थियो । शाहरुख खानसँगको दोस्रो विज्ञापन, दुवै विज्ञापन यति लोकप्रिय भए कि मैले भट्ट साहबको मर्डर फिल्ममा अभिनय गर्ने मौका पाएँ ।

तपाईको प्रतिक्रिया