महन्थ र सिकेभन्दा रेशमको हैसियत ठूलो !

श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षता नागरिक उन्मुक्ति पार्टी गठन गरेका जनता समाजवादी पार्टी नेपालका संसद एवं नेता रशेम चौधरीले आफूलाई महन्थ ठाकुर, सिके राउत, ह्रदयत्र त्रिपाठीभन्दा ठूलो हैसियतका नेता दावी गरिरहनु भएको छ ।

२०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन गरी स्थानीय तहको चुनावमा केही सीट हात पारेपछि उहाँले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, ह्रदयश त्रिपाठीको जनता प्रगतिशिल पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी भन्दा आफ्नो पार्टी ठूलो रहेको दावी गर्न थाल्नु भएको छ ।

उहाँले जेलमा भेट्न आउने नेताहरुलाई भन्नु भएको छ, ‘चुनाव महन्थ, त्रिपाठी र सिकेहरुको पार्टीभन्दा मेरो पार्टीले बढ्ता सीट ल्याउँछ अनि उहाँहरुसँग कसरी बराबरको हैसियतमा गठबन्धन गरौं त ।’ लोसपाका अध्यक्ष ठाकुर, प्रगतिशिल पार्टीका अध्यक्ष त्रिपाठी र जनमत पार्टीका अध्यक्ष राउतले पालो पालो आफूलाई भेटेर गठबन्धनका लागि प्रस्ताव गरेको बताउँदै रेशम चौधरीले उहाँहरुसँग बराबरको हैसियतामा गठबन्धन नगर्ने बताउँदै आएका छन् । उहाँहरुको दलभन्दा उन्मुक्ति पार्टीले ठूलो पार्टी हो र संघीय चुनावमा त्यो प्रमाणित गरिने उहाँको दावी छ ।

तर लोसपाले आफू ६० प्रतिशत सीट लिने र ४० प्रतिशत उन्मुक्ति, जनमत र प्रगतिशिललाई दिने भनिरहेको छ । तर रेशम चौधरीले त्यसलाई स्विकार गर्नु भएको छैन । गठबन्धन हुन्छ भने बराबरमा होस् नभए नागरिक उन्मुक्ति पार्टी तल झरेर गठबन्धन गर्दैन, उहाँले आफ्ना निकट नेताहरुलाई भन्नु भएको छ, ती दलहरुलाई एक सीट जित्ने हैसियत छैन बराबरको हिस्सेदारी खोजेर हुन्छ, बरु नागरिक उन्मुक्ति एक सीट बढी लिन्छ तर उनीहरु भन्दा तल जाँदैनन् ।’

त्यही महन्थ ठाकुर जसले रेशम चौधरीको रिहाका लागि दिनरात एक गर्नुभएको छ । तर आज उहाँले नै आफ्नो दलको हैसियत ठाकुर नेतृत्वको लोसपाभन्दा ठूलो रहेको भन्दै आउनु भएको छ ।

महन्थ ठाकुर र सिके राउतले पार्टी एकताका लागि समेत प्रस्ताव गरेको उहाँले भन्ने गर्नु भएको छ । तर ती दलहरुसँग एकता नगर्ने कुरा उहाँले स्पष्ट गर्नु भएको छ । उहाँले ती दलका नेताहरुलाई सल्लाह र छलफल गरौं भन्नु भएको छ तर उहाँले आफ्नो पार्टीभित्र स्पष्ट गर्नुभएको छ कि लोसपा र जनमतसँग एकीकरण हुँदैन ।

सीटमा कुरा मिल्यो भने चुनावी गठबन्धनसम्म हुनसक्छ तर पार्टी एकता नै नहुने स्पष्ट गर्नु भएको छ । उहाँले आफ्ना एक नेतालाई भन्नुभएको छ, ‘मधेशका यी नेताहरु सत्ताका लागि जे पनि गर्न तयार हुन्छन्, सत्ताका लागि पार्टी फोड्नेदेखि लिएर आफ्ना सांसद खरिद विक्रि समेत गर्न पछि हट्दैनन्, त्यही भएर यी दलहरुसँग कुनै पनि अवस्थामा एकता हुँदैन ।’ आज मेहनत गरेर पार्टी बनायो, भोली गएर सत्ताका लागि उहाँहरुले पार्टी विभाजन नै गरेर हिड् दिनुभयो भने पार्टी एकता गरेको, पार्टी बनाएको के काम भन्दै रेशम चौधरीले आगामी चुनावमा मधेशमा सबभन्दा ठूलो पार्टी नागरिक उन्मुक्ति पार्टी बन्ने दावी गर्नुभएको छ ।

२०७४ को आम निर्वाचनपछि कैलाली–१ उन्मुक्ति पार्टीको कब्जामा छ । सो चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार रेशम चौधरी अत्यधिक मतान्तरले सो क्षेत्रबाट निर्वाचित भएका थिए । भूमिगत रुपमा चुनाव लडेका रेशमले वाम गठबन्धन र कांग्रेसको किल्लामा तोड्नु भएको थियो । प्रतिस्पर्धीको भन्दा दोब्बर मतान्तरले उहाँ विजयी हुनु भएको थियो ।

चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा वाम गठबन्धनबाट एमाले उम्मेदवार मदन कुमारी शाहीले १३ हजार ४०६ मात्र पाउनु भएको थियो । यस्तै कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने ११ हजार २०३ मतमा सीमित हुनुभएको थियो । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कैलाली–१ मा पर्ने सबै पालिका उन्मुक्तिले जित हात पारेको छ । यहाँ उन्मुक्ति पार्टीका वडा अध्यक्षका उम्मेदवारले १७ हजार १९३ मत प्राप्त गरेका थिए । यस्तै कांग्रेसले ११ हजार ६७८, एमालेले १० हजार ३२२, माओवादीले ६ हजार ९३० मत पाएका छन् । यस्तै राप्रपाले ३ हजार ५६१, जसपाले २३ सय २ र एसले २ हजार २३२ मत ल्याएको छ । यहाँ सत्ता गठबन्धनसँग २३ हजार १४२ मत छ ।

उन्मुक्ति पार्टीभन्दा गठबन्धन पाँच हजार ९४९ मतले अगाडि छ । यहाँबाट उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चुनाव लड्ने तयारीमा हुनुहुन्छ । रञ्जिताका लागि कैलाली–१ को विकल्प नभएको उन्मक्ति पार्टी बताउँछ ।

२०७४ मा कैलाली–२ बाट वाम गठबन्धका झपट रावल निर्वाचित भएका थिए । उहाँले २५ हजार १७५ मत ल्याउँदा कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत पाउनु भएको थियो । यस्तै, तत्कालीन राजपाका उम्मेदवार रामप्रसाद चौधरीले पाँच हजार ९६७ मत पाउनु भएको थियो । यहाँ स्थानीय निर्वाचनमा १७ हजार ८३४ मत ल्याएर एमाले पहिलो शक्ति बनेको छ । यस्तै कांग्रेसको १३ हजार ८२०, माओवादी ८ हजार ७२४ मत छ भने उन्मुक्तिले पाच हजार २४३ मत ल्याएर तेस्रो स्थानमा रहँदा राप्रपाको २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीको २ हजार ३०६ मत छ ।

यहाँ पाँच दलीय गठबन्धनको मत २४ हजार ८५० छ । तर उन्मुक्तिले कैलाली–२ मा पनि जित्ने उन्मुक्ति पार्टीको दावी छ । एमाले कैलालीका निवर्तमान अध्यक्ष रतन थापा र कांग्रेस नेता राठौर उन्मुक्तिमा प्रवेश गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया