आजैको दिन हातले लेखिएको थियो २३५ वर्षको पुरानो अमेरिकी संविधान

सहारा टाइम्स
काठमाडौँ असोज १ गते । अमेरिकाले आज संविधान दिवस मनाएको छ । सन् १७८७ सेप्टेम्बर १७ तारेख अर्थात आजैको दिन अमेरिकाको संविधान निर्माण भएको थियो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी संविधानमा जम्मा चार हजार ४०० शब्द मात्र छन् । यो संसारको सबैभन्दा पुरानो र छोटो लिखित संविधान हो रहेको दूतावासले जनाएको छ ।

अमेरिकाको संविधान हातले लेखिएको छ । यो संविधान लेख्ने पेन्सिलभेनिया महासभाका एकजना क्लर्क जेकब शालसले जम्मा ३० डलर (आजको मूल्य ९५२ डलर) पारिश्रमिक पाउनु भएको थियो ।

आजको दिन अमेरिकी सेप्टेम्बर १७, १७८७ अमेरिकाको संविधान फिलाडेल्फिया कन्भेन्सनको अवसरमा हस्ताक्षर भएकोलाई सम्झना गर्छन् । जसलाई अहिले संवैधानिक अधिवेशन भनिन्छ ।

त्यस यताका २३५ वर्षमा अमेरिकाले विभिन्न चुनौतीहरूको सामना गर्दै र अनेकौं अपूर्णताहरूका साथ पनि जीवन, स्वतन्त्रता र खुशी हुन पाउने अधिकारको रक्षा गर्न र अझै उत्कृष्ट व्यवस्थाको निर्माण गर्न निरन्तर काम गरिरहेको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया