उपेन्द्र यादवले भन्नुभयो, ‘राष्ट्रपतिले संविधानको उल्लघंन गर्नुभयो’

काठमाडौँ असोज ५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लघंन गर्नु भएको बताउनु भएको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि अध्यक्ष यादवले सो कुरा बनाउनु भएको छ । उहाँले भन्नुभयो, ‘नागरिकता विधेयकलाई प्रमाणिकरण नगर्नु भनेको संविधानको ठाडो उल्लघंन हो ।’

प्रतिनिधिसभा र राष्ट्रसभाबाट दुई दुई पटक पारित भएर प्रमाणिकरणका लागि सो विधेयक राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको थियो । तर उहाँले त्यसलाई प्रमाणीकरण गर्नुभएन । हिजो १५ दिन पुगेको छ । राष्ट्रपति भण्डारीको सो कदमको चौतर्फी विरोध भइरहेको छ ।
अध्यक्ष उपेन्द्र यादवले प्रमाणीकरण नहुनु संविधानको उल्लघंन मात्र होइन संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको पनि बताउनुभयो । उनले प्रतिकृया दिएका छन् ।

 

तपाईको प्रतिक्रिया