तमलोपाले माग गर्यो राष्ट्रपति भण्डारीको राजिनामा (विज्ञप्ति सहित)

काठमाडौँ असोज ५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा माग गर्नुभएको छ ।
संविधानको घोर उल्लघंन र आफ्नै देशको जनता विरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि योग्य हुन नसक्ने बताउँदै अध्यक्ष लालले राष्ट्रपति भण्डारीले तत्कात्काल राजिनामा दिनुपर्ने बताउनुभयो ।
उहाँले आज विज्ञप्ति जारी गरेर सो राजिनामा माग गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया