मधेशका मदर टरेसा

ध्यमिक स्तरको भुटाहास्थित मदरसा र भोक्राहास्थित महिला विद्यालय (बनाथ) मा गरी अंग्रेजÞी र गणित चार वर्ष पढाउनु भएको थियो । उहाँ आर्थिक उपार्जन भन्दा पनि मुस्लिम छात्राहरूको अवस्था, मदरसाको पढाइ आदि बारे अध्ययन गर्नका लागि पनि मदरसा र बनाथमा पढाउनु भएको थियो । पछि अध्ययन र प्रोजेक्टहरुमा काम गर्न थालेपछि उहाँले पढाउन छाड्नु भएका थियो ।

चुन्नी खातुन जो सोनिया नामले पनि चिनिनु हुन्छ । सोनियाको जन्म १३ जनवरी १९८६ सुनसरीमा भएको हो । बुवा मोहम्मद मुस्लिम मन्सुरी र आमा श्रीमती साइकुना खातुन हुनुहुन्छ । सोनियाका दाजु मोहम्मद बेचन सिनियर ल्याव टेक्निसियन हुनुहुन्छ । उहाँका दुईजना बहिनिहरु सोनी खातुन र मोनी खातुन हुनुहुन्छ । उहाँहरुको विहे भइसकेको छ ।

सोनिया इन्टरमा पढ्दै गर्दा उहाँको आमा बित्नुभयो । त्यसपछि उहाँको बुवा पनि विरामी हुनुभयो र पछि बुवाको पनि निधन भयो । आमा बुवा हुञ्जेल पढाइसँगै समाजिक कार्य र राजनीतिमा अत्यन्तै सहयोग भयो । त्यसपछि विभिन्न प्रोजेक्ट आदिमा काम गर्दै पढाईलाई निरन्तरता दिनुभया । समाजिक कार्य र अध्ययनमा उहाँको दाजुको पनि प्रोत्साहन र सहयोग थियो ।


उहाँले भगवती माध्यमिक इनरुवा सुनसरीबाट २०५८ मा फस्ट डिभिजनमा एसएलसी पास गर्नुभयो । त्यसपछि आइकम र बीबीएससी सुनसरी बहुमुखी क्याम्पसबाट सकाउनु भयो । उहाँले २०१४ मा पोष्ट ग्रेजुएट क्याम्पस (त्रिवी), विराटनगरबाट मानवविज्ञान र समाज शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । सोनिया नेपाली समाजसेवी र सामाजिक राजनैतिक कार्यकर्ता पनि हुनुहुन्छ ।

मुस्लिम मुदायबाट सीमान्तकृत महिलाको रूपमा सोनियाले सीमान्तकृत महिलाहरूको लागि रोल मोडेलको रूपमा सेवा गर्नुभएको छ । गरिबी सचेतना, शिक्षा वृद्धि, स्वास्थ्य जागरूकता, महिला हिंसा विरुद्ध वकालतका लागि कार्यकर्ताको रूपमा काम गर्नुभएको छ । उहाँलाई आफ्नो परिवार र विशेष गरी उहाँका आमाले उहाँलाई सामाजिक गतिविधिमा संलग्न हुन सधैं प्रोत्साहन दिनुहुन्थ्यो किनभने आमाले उहाँ र उहाँको चाहनालाई राम्ररी चिन्नु हुन्थ्यो । यद्यपी मुस्लिम समाजले पनि आफ्ना छोराछोरीलाई सामाजिक र राजनीतिक गतिविधिमा संलग्न हुन अझै अनुमति दिँदैन ।

सोनियालाई सानै उमेरमा सार्वजनिक सेवामा गहिरो रुचि थियो । उहाँ महिला÷युवा सशक्तिकरणलाई प्राथमिकता दिनुहुन्छ ताकि उनीहरूले आफ्नो राष्ट्रको लागि योगदान दिन सकुन ्।

मदर टरेसा उहाँको प्रेरणाको सबैभन्दा ठूलो स्रोत हुनुहुन्छ । उहाँले नेतृत्व, मानवअधिकार, श्रमिक अधिकार, द्वन्द्व व्यवस्थापन, शान्ति रुपान्तरण र क्षमता अभिवृद्धि लगायतका विषयमा प्रशिक्षकको रुपमा काम गरिसक्नु भएको छ । उहाँले युवा वेरोजगारी र श्रम लागतमा भेदभावमा परेका महिला श्रमिकका लागि वकालत गर्ने विषयमा प्रशिक्षकको रुपमा काम गरिसक्नु भएको छ ।

उहाँले अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने अधिकार र बालश्रम विरुद्धको वकालत र उनीहरूको अधिकारका लागि कार्यक्रम सञ्चालन गर्नुहुन्छ । उहाँले नेतृत्व विकास र क्षमता सशक्तिकरण तालिम र उत्प्रेरणा तालिमबाट धेरै महिलाहरूलाई तालिम दिनु भएको छ ।

माध्यमिक स्तरको भुटाहास्थित मदरसा र भोक्राहास्थित महिला विद्यालय (बनाथ) मा गरी अंग्रेजÞी र गणित चार वर्ष पढाउनु भएको थियो । उहाँ आर्थिक उपार्जन भन्दा पनि मुस्लिम छात्राहरूको अवस्था, मदरसाको पढाइ आदि बारे अध्ययन गर्नका लागि पनि मदरसा र बनाथमा पढाउनु भएको थियो । पछि अध्ययन र प्रोजेक्टहरुमा काम गर्न थालेपछि उहाँले पढाउन छाड्नु भएका थियो । उहाँ मदरसा बोर्डमा पुगेपछि त्यतिबेला गरेको अध्ययनका आधारमा मदरसाहरुको सुधारमा लाग्नु भएको थियो ।

पढाईमा जहिले अब्बल । कक्षादेखि मास्टर्ससम्म कहिले फेल हुनु भएन । उहाँ मास्टर्ससम्म अध्ययन गर्नुभयो । तर सरकारी जागिर वा कुनै स्थायी जागिरतिर उहाँको ध्यान नै गएन । उहाँ भन्नुभयो, ‘गुजाराका लािग जागिर आवश्यक थियो तर म मधेश आन्दोलनमा थिए र राजनीतिको भुत सवार थियो ममाथि त्यही भएर जागिरप्रति त्यति ध्यान नै गएन ।’

विद्यालय तथा मदरसामा पढाउँदा समाजमा विभेद कसरी हुँदो रहेछ भनि प्रत्यक्ष अनुभूती गर्नुभयो । बालबालिका, महिला हिंसामा परेका छन्, मधेशी, दलित मुस्लिम विभेदमा पर्नु भएको पनि उहाँले भेटाउनु भएको थियो । तसर्थ, सन् २००५ देखि हालसम्म उहाँ हिंसाबाट पीडित समाजका लागि काम गरि रहनु भयो । सन् २०१० मा उहाँले बालबालिका, किशोरी र महिला दुवैका लागि सेवा प्रदान गर्ने उद्देश्यले एम नेपाल नामक संस्था स्थापना गर्नुभयो । उहाँ उत्कृष्ट तर्कसँग बोल्ने कलामा प्रतिभावशाली हुनुहुन्छ ।


पढाईमा जहिले अब्बल । कक्षादेखि मास्टर्ससम्म कहिले फेल हुनु भएन । उहाँ मास्टर्ससम्म अध्ययन गर्नुभयो । तर सरकारी जागिर वा कुनै स्थायी जागिरतिर उहाँको ध्यान नै गएन । उहाँ भन्नुभयो, ‘गुजाराका लािग जागिर आवश्यक थियो तर म मधेश आन्दोलनमा थिए र राजनीतिको भुत सवार थियो ममाथि त्यही भएर जागिरप्रति त्यति ध्यान नै गएन ।’

अग्रज नेताहरूले पनि सधै राजनीतिमै राम्रो गर्न सकिने भन्दै आश्वासन दिनु भएको बताउँदै सोनियाले श्रदेय नेता राजेन्द्र महतो लगायतका नेताहरूले दिएको त्यो आश्वासन हालसम्म पुरा नभएको बताउनुभयो ।

उहाँले विभिन्न प्रोजेक्टमा काम गर्नुभयो । विभिन्न विदेशी प्रोजेक्टहरुमा कन्सल्ट्यान्टमा रिपोर्ट, प्रपोजल आदि बनाउने कामहरु पनि उहाँले गर्नुभयो । त्यस्तै, विभिन्न ट्रेनिङ्ग्मा प्रशिक्षण दिदा त्यसवापतको पारिश्रमिकबाट आफ्नो सोनियाले गुजारा गरिरहनु भएको छ । उहाँले चाहेको भए राम्रै ठाउँमा जागिर गर्न सक्नुहुन्थ्यो तर राजनीति र समाजसेवाले उतातिर सोच्ने फुर्सद नै दिएन ।

सम्मान
उहाँ सामाजिक, धार्मिक, लिङ्ग आदिमा आधारित भेदभाव बिरुद्ध सधै लड्नु भएको छ । उहाँ नेपालकी मानवशास्त्री हुनुहुन्छ । उहाँ शाकाहारीको कडा अनुयायी र प्रवर्द्धक पनि हुनुहुन्छ ।

एम नेपाल स्थापना गरेपछि उहाँको समाज सेवाको प्रयासलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सरकार र एजेन्सीहरूले सम्मानित गरेको छ । अमेरिकन एम्बेसी, जिल्ला विकास समिति लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुले उहाँलाई सम्मान गरेको छ ।

२०७४ माघमा ‘हाम्रो सञ्जाल’ नामक संस्थाले सुनसरी जिल्लाका विभिन्न विधाका एक एक जना मुख्य व्यक्तित्वलाई सम्मान गर्ने क्रममा साहित्यकार छविनाथ रिजाल, रचनाकार सागर तिम्सिना, कृषि वैज्ञानिक चितरन्जन यादव, चिकित्सक सोमतराज बस्नेतका साथमा र अधिकारकर्मीको रुपमा सोनियालाई पनि सम्मान गरेको थियो ।

सीमान्तकृत मुद्दाहरूमा राष्ट्रिय सञ्चारमाध्यमहरूमा उहाँका थुप्रै लेखहरु प्रकाशित छन् ।

समाजिक कार्य र अन्तराष्ट्रिय अनुभव
उहाँले सन् २००७ देखि २००८ सम्म मधेसी एनजीओ महासंघमा रौतहट, सुनसरी, विराटनगर र पर्सामा सहजकर्ताको रूपमा काम गर्नुभयो । प्रजनन स्वास्थ्यमा काम गर्ने उहाँको राम्रो अनुभव छ र सीईसीआई इन्टरनेशनलबाट सामुदायिक स्कोर कार्ड (सीएससी उपकरण) मार्फत अभ्यासकर्ताको रूपमा काम गर्नुभयो ।

सार्वजनिक निजी साझेदारी, शासन कला, मानव अधिकार, लोकतन्त्र, शान्ति र द्वन्द्व व्यवस्थापन, बाल अधिकार, गरिबी न्यूनीकरण, विपद् जोखिम न्यूनीकरण, नेतृत्व र संविधानको अन्तरवस्तु आदिका बिषयमा कौशल र प्रशिक्षण र सहजीकरणमा पनि उहाँले अनुभव गर्नुभएको छ ।

उहाँले आरडीआइएफसँग २०११ देखि २०१३ सम्म पर्सा, रौतहट र सप्तरी र काठमाडौंमा कार्यक्रम संयोजकको रूपमा काम गर्नुभयो । सोनियासँग मुख्य रुपमा कार्यक्रम सञ्चालन, कार्यान्वयन, अनुगमन, विकास र परियोजनाको समन्वय आदिमा सीप र क्षमता छ । चुनौतीपूर्ण अवस्था र बहु–सांस्कृतिक वातावरणमा काम गर्ने क्षमता छ ।

सार्वजनिक निजी साझेदारी, शासन कला, मानव अधिकार, लोकतन्त्र, शान्ति र द्वन्द्व व्यवस्थापन, बाल अधिकार, गरिबी न्यूनीकरण, विपद् जोखिम न्यूनीकरण, नेतृत्व र संविधानको अन्तरवस्तु आदिका बिषयमा कौशल र प्रशिक्षण र सहजीकरणमा पनि उहाँले अनुभव गर्नुभएको छ । संविधान निर्माणको क्रममा पहिलो संविधानसभामा उहाँले सभासदलाई मधेशी, दलित मुस्लिम र सीमान्तकृतहरूका लागि संविधान निर्माणका पक्षमा कानुनी संवैधानिक हिसाबले प्रशिक्षण एवं सहजीकरण गर्नु भएको थियो ।

उहाँले नेपाल जेसीज, एम्नेस्टी इन्टरनेशनल आदिका धेरै राष्ट्रिय सम्मेलनहरूमा भाग लिनु भएको छ । उहाँले सन् २०११ देखि १३ सम्ममा नेपालका लागि युनाइटेड स्टेट्स अफ अमेरिकाको राजदूतावासको युवा सल्लाहकार परिषद्को सदस्यको रुपमा काम गर्नुभएको छ ।

उहाँले संयुक्त राज्य अमेरिकामा आइभीएपी (अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम) मा १३ जनवरी देखि ६ फेरवरी २०११ मा सहभागी पनि हुनुभयो । उहाँले फिनल्याण्डमा जुन १ देखि जुन १३, २०१२ सम्म डेमो–फिनल्याण्ड नेपालद्वारा फिनल्याण्डमा युवा नेता आगन्तुक कार्यक्रम लगायत धेरै कार्यक्रममा भाग पनि लिनुभयो ।


उहाँले बंगलादेशमा २४ जुलाई देखि २७ जुलाई, २०१५ मा अमेरिकी दूतावास नेपाल द्वारा मोडेल सार्क शिखर सम्मेलन २०१५ मा नेपालको तर्फबाट भाग लिनु भएको थियो । सन्तोष शाह फाउन्डेशनद्वारा नेपालको ५ फ्यूचर लिडर २०१४ मा पुरस्कृत भैइन ।

उद्धारका लागि सहयोगी
२०६५ भदौ २ गते कोसीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए । भङ्गालो गाउँमा पसेकाले सात हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएको थियो ।

२ गते राति बिस्थापितहरु भोकै प्यासै सुनसरी सदरमुकाम आएका थिए । राति ९ बजे सरकारले समेत केही गर्न नसकिरहेको अवस्थामा केही साथीसँग मिलेर पसलेहरुलाई उठाइ उठाइ १० बोरा भुजा चुरा लगायतको सामाग्री व्यवस्था गरि राति १०–११ बजे सबैको भोक उहाँले मेटाउनु भएको थियो । त्यसपछि लगातार करिब २ महिनासम्म ३००० बिस्थापितलाई खानेकुरा, औषधी, लत्ताकपडा आदि विभिन्न दाताहरु खोजी व्यवस्था गर्नुभयो ।

प्रत्येक सुत्केरी र बच्चाहरुलाई पौष्टिक आहार र औषधि आफै बोकेर नियमित खुवाउनु भएको थियो । ती दिनलाई सम्झदै सानिया भन्नुहुन्छ, ‘त्यसबेला २० घण्टा बिस्थापितहरुको सेवामा नै खटिरहे ।’ त्यसबेला पिडित विस्थापितहरुलाई गरेको सेवालाई हेरेर स्थानीय मिडियामा मदर टरेसासँग समेत तुलना गरिएको थियो ।

सामाजिक सेवामा उहाँ अझै पनि दिनरात तल्लिन रहनु हुन्छ । कोरानाका बखत भोक आदिबाट राहत दिलाउन अमेरिका लगायत खाडी मुलुकका आफ्ना साथीहरुबाट साहयता संकलन गरेर गरि सैयौ परिवारका निम्ति चामल, दाल, तेल लगायतका खानेकुरा तथा सुत्केरी गरिब महिलाहरुका निम्ति दुध, फलफुल लगायतको पौष्टिक आहारको ब्यबस्था गरिन ।

सुनसरीको स्वास्थ संस्था सुधार होस् भनेर जिल्ला अस्पताल, डाक्टरहरु, गाउँका स्वास्थ्य केन्द्रमा नियमित ६ महिनासम्म अभियान चलाउनुभयो ।

यस अभियानबाट सेवाग्राहीले निशुल्क पाउनुपर्ने औषधि नियमित र अनिवार्य गरिएको थियो, सेवाग्राहीले पनि सरकारी अस्पतालमा निशुल्क पाउने औषधि आदिको बारे यस बेला थाह थिएन ।

यही अभियानकै क्रममा अमेरिकन एम्बेसीसँग उहाँले लबिङ्ग गरि हरिनगरा स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा लाखौको स्वास्थ सामाग्री प्रदान गराउन सफल हुनुभयो ।

त्यति मात्र होइन, बसन्तपुर गाविसमा वार्थिंग सेन्टर निर्माण गर्न उहाँले लगाउनुभयो । आफ्नो आर्थिक अवस्था कमजोर भएपनि आमा बुवा नभएका अति नै गरिब, बलात्कार भएकी र त्यसबाट जन्मेका जस्ता सात जना बच्चाको अभिभावक भएर तिनीहरुको रेखदेख समेत निमित गरिरहनु भएको छ ।


सोनियालाई नेपाल सरकारले शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको राष्ट्रिय मदरसा शिक्षा व्यवस्थापन परिषद्को सदस्यको रूपमा सन् २०१३ जनवरीदेखि २०१६ सम्म नियुक्त गरिएको थियो । सरकारको शिक्षा मन्त्रालयले उहाँको योगदानको सम्मानस्वरुप सो सम्मान गरेको थियो ।

राजनीति
राजनीतिमा मधेशी दलित जनजातिको विभेद हेरेरै सोनिया आउनु भएको हो । सोनिया विद्यार्थी कालदेखि नै राजनीतिमा हुनुुहुन्छ । उहाँको पारिवारमा कोही पनि राजनीतिमा हुनुहुन्न । तर उहाँ सुनसरी क्याम्पस पढ्न थालेदेखि राजनीतिमा चासो लिन थाल्नुभयो ।

तत्कालिन सद्भावना निकट भएर काम गर्न थाल्नुभयो । तत्कालिन सदभावना पार्टी निकट विद्यार्थी माञ्चमा आवद्ध भइ देशव्यापी संगठन निर्माण तथा मधेश आन्दोलनमा सक्रिय हुनु भएको थियो । क्याम्पस कमिटी र पछि जिल्ला समिति उपाध्यक्ष हुनुभयो । यसै बीच स्ववियु चुनाव हुने भयो ।

सुनसरीमा सद्भावना पार्टी निकै कमजोर थियो । तैपनि प्रत्येक क्याम्पसमा पुगेर उहाँले संगठन बनाउनुभयो । आफु पढिरहनु भएको क्याम्पस सुनसरी बहुमुखी क्याम्पस जहाँ सधै नेबि संघ नै जित्दै आइरहेको थियो, त्यहाँ उहाँले सार्है मेहनत गर्नुभयो ।

यहाँसम्म कि त्यो क्याम्पसमा उहाँलाई नेविसंघ र विद्यार्थी फोरमले सभापतिमा सोनिया आफै लडे संगठनले उहाँलाई सहयोग गर्ने सम्मको प्रस्ताव गरेको थियो तर त्यतिखेर उहाँले भन्नु भएका थियो, ‘मैले अरुलाई वचन दिइ सकेको हुँदा म आफै चुनाव लड्Þदिन र उहाँले लड्नु पनि भएन ।

तर माउ पार्टीको बिल्कुल संगठन नभएपनि उहाँकै मेहनत र नेतृत्वले सुनसरी बहुमुखी क्याम्पसमा विद्यार्थी मञ्चको स्ववियु सभापति सहित प्यानल निर्वाचित भयो । उ एउटा कुसल संगठक हुनुहुन्छ । विद्यार्थी मञ्चको संगठन गर्नकै निम्ति झापाको मेची बहुमुखी क्याम्पसदेखि कैलाली बहुमुखी क्याम्पस इकाई समितिसम्म गठन गर्न पुग्नु भएको थियो ।

पार्टी संगठन रहेको मधेसको २० जिल्ला मात्र होइन पहाडका क्याम्पसमा समेत संगठन निर्माण गर्न पुग्नु भएको थियो । समकालीन कुनै पुरुष सहकर्मी भन्दा पनि धेरै ठाउँमा संगठन निर्माणको शिलशिलामा पुग्नु भएको छ उहाँ । पछिलो स्ववियु चुनाव पूर्व उहाँ दुई महिना कैलाली कञ्चनपुर र बर्दिया बस्नुभयो र पार्टी संगठन अत्यन्त कमजोर रहे पनि कैलालीको प्रत्येक क्याम्पसको स्ववियुमा विद्यार्थी मञ्चको प्रतिनिधित्व गराउनुभयो ।

विद्यार्थी मञ्चको मलंगवा महाधिवेशनमा उहाँ केन्द्रिय अध्यक्षको उम्मेदवार बन्नुभयो । तर तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र मञ्चकै पुर्व अध्यक्ष सन्तोष मेहताको दवावमा रामेश्वर यादवलाई अध्यक्ष बनाएर उहाँ महासचिवमा चित बुझाउनु भएको थियो ।

उहाँको इच्छा मञ्चको अध्यक्ष बन्ने थियो तर पार्टीबाट नै सहयोग नभएको उहाँ बताउनु हुन्छ । उहाँले भन्नुभयो, “म महिला भएकोले नै मलाई मञ्चको अध्यक्ष बन्नमा स्पोर्ट गर्ने आट उहाँहरु (नेता) ले गर्नु भएन ।

जबकी म पूर्णकालिन कार्यकर्ता थिए र मधेशको अधिकाँश कलेज पुगेकी थिए ।” २०७० बैशाख २५ गतेदेखि संविधान सभाको निर्वाचन र विभिन्न समसमायिक माग राखी १३ दिनसम्म आमरण अनशन बस्नु भएको थियो ।

पछि राजेन्द्र महतो स्वयं काठमाडौमा आमरण अनशन सुरु गरेपछि सोनियाले अनसन तोड्नु भएको थियो । त्यति मात्र होइन, २०७२ माघ ७ गते मोरगंको रगेंलीमा एमाले र मधेशी मोर्चाबीच झडप भएको थियो । सोही झडपमा द्रोपती चौधरी लगायत तीनजनाको ज्यान गएको थियो । त्यतिबेला सोनिया बिराटनगरमा नै हुनुहुन्थ्यो । बिराटनगरमा त्यसको विरोधमा प्रदर्शन पनि भयो ।

त्यतिबेला सोनिया पनि त्यही हुनुहुन्थ्यो । पछि युथ फोर्सका युवाहरू आएर अन्धाधुन्ध प्रहार गर्न थालेपछि सोनिया पनि घाइते हुनुभएको थियो । धरानको अस्पतालमा हप्ता दिनसम्म उहाँको उपचार भएको थियो ।

स्वभिमान यात्राका यात्री
सद्भावनाले आयोजना गरेको मेची महाकाली मधेश स्वाभिमान यात्रामा मेचीदेखि महाकालीसम्मै उहाँ पुग्नुभयो । पार्टीले खटाएको हरेक ठाउँमा उहाँ पुग्नु हुन्थ्यो ।

राजपा निर्माण हुँदा उहाँ सो पार्टीको र पछि जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य हुनुभयो । त्यस लगतै भएको निर्वाचनमा उहाँको नाम समानुपातिकमा मुस्लिम कल्स्टरको १ नम्बरमै राखियो । चुनावमा सुनसरीदेखि धनुषासम्म सयभन्दा बढी कोण तथा आमसभाहरु भ्याउनुभयो । भ्याएसम्म प्रचारप्रसार र मतदाताको घर–घर गइ ढोका ढकढकाउनुभयो ।

मधेसी मुस्लिम परिवारको महिला भएर संगठनको यो कार्यमा निरन्तरता दिनु सानो तिनो आत्मविश्वासले सम्भव थिएन ।

अधिकारीक ब्यक्तिबाट फोन गरि बधाई पाइरहेको थिए । केही अनलाईन मिडियाहरुमा फोटो सहितका समचारहरु प्रकाशित भए । तर अचानक थाह पाए निर्वाचन आयोगमा चिट्ठी बुझाउने बेलामा नाम फेरियो, अर्को चिट्ठी बनाइयो, पुनः पुरानो निर्णय उल्टाउदै अर्को माइन्युटिङ लेखियो । थाह पाउन सकिएन किन यस्तो भयो, म किन छनोटमा पर्न सकिन ?“

 

झण्डै सांसद
धनुषाको निर्वाचन क्षेत्रमा झन्डै १५ दिन त्यही बसी पार्टीको प्रचार गरिन् । त्यसपछि समानुपातिकबाट चुनिने बेलामा उहाँलाई धेरैले बधाई पनि दिए । मिडियामा राजपाबाट सांसद हुनुभयो भनेर समाचारहरु पनि प्रकाशित भएको थियो । साथी भाइ तथा नेताकार्यकर्ताहरुले बधाई पनि दिए ।

यहासम्म कि तत्कालिन राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले फोन गरेर तिम्रो नाम हामीले निर्वाचन आयोग पठाएका छौ तिमीलाई बधाई छ सम्म भन्नु भएको थियो तर किन हो किन अन्तिममा नाम काटियो । उहाँ भन्नुहुन्छ, “राजपा नेपालको तर्फबाट प्रतिनिधि सभाको सदस्य भएकोमा तपाईलाई बधाई छ !

अधिकारीक ब्यक्तिबाट फोन गरि बधाई पाइरहेको थिए । केही अनलाईन मिडियाहरुमा फोटो सहितका समचारहरु प्रकाशित भए । तर अचानक थाह पाए निर्वाचन आयोगमा चिट्ठी बुझाउने बेलामा नाम फेरियो, अर्को चिट्ठी बनाइयो, पुनः पुरानो निर्णय उल्टाउदै अर्को माइन्युटिङ लेखियो । थाह पाउन सकिएन किन यस्तो भयो, म किन छनोटमा पर्न सकिन ?“

त्यसपछि फेरी मिडियामा राजपाको समानुपातिक सूचीमा अन्तिम समयमा संशोधन, मुस्लिम महिलाको नाम हटाई खसआर्यबाट राखियो यस्तै यस्तै समाचारहरु आएको थियो ।

मधेश आन्दोलन
सोनिया मधेस आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । पहिलो आन्दोलनको बखत मानव अधिकारकर्मिको रुपमा आन्दोलन भरि काम गर्नुभयो जसले गर्दा आन्दोलनमा प्रहरीको व्यापक दमन भएको थिएन ।

सामुदायिक सद्भावको निम्ति पहाडी र मधेशी बीच समन्वय गराएर सामाजिक सद्भाव नखल्बलियोस् भनि सोनियाबाट पहल र प्रयासहरु भएको थियो । त्यसको निम्ति सबै पार्टी, आन्दोलनका अगुवा, पहाडी समुदायका अगुवा सबैलाई आफ्नो संस्थामार्फत बोलाएर सद्भावको निम्ति ११ बुंदे अचार सहिता घोषणा गराउनु भएको थियो ।

सो कदमको समाचार कान्तिपुरको पÞm्रनटमा आएको थियो । आन्दोलनका घाइते आदिको उपचारमा खटिन, आन्दोलनमा शहिद भएका हरि मेहता उहाँको छेवैमा थिए, उनकै आखा अगाडी सहिद भएका थिए उनी ।

क्याम्पस पढदै बखत आमाको देहान्त पछि बुवाको देहान्त भएकी सोनिया भन्नुहुन्छ, धेरै व्यक्तिगत र परिवारिक आकांक्षाहरुको गाला रेटे, झुठा लान्छना सहे, पार्टी र समाजकै लागि बाचे । मेरो कार्य हेरेर काँग्रेस, एमाले, माओवादी पार्टीका शीर्ष नेताहरूले ठूला ठूला अवसर दिने प्रलोभन नदिएका होइनन तर मेरो निष्ठा डगमग भएन ।’

मधेश आन्दोलनबाटै राजनीतिमा हुर्केकी हुनाले आफू सदैव उत्पीडित सिमान्तकृतकै पक्षमा डटि रहने सोनिया बताउनु हुन्छ । डब्बल मास्टर्स भएकोले जागिरे हुने बाटो पनि सानियासँग थियो, चाहेको भए उहाँले राम्रो ठाउँमा जागिर पनि गर्न सक्नु हुन्थ्यो ।

तर समाजसेवा र राजनितीमै सम्र्पण भइ देशको सेवा गर्ने, मधेसी, मुस्लिम सीमान्तकृतलाई मुलधारमा ल्याउने भुत उहाँमाथि सवार छ ।
हाल लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध रहेकी उहाँ भन्नुहुन्छ देश र पार्टीले उचित अवसर दिए विश्वमै देश र पार्टीलाई चिनाउने गरि कार्य गर्नेछु ।

तपाईको प्रतिक्रिया