मन्त्री यादव अमेरिकामा

काठमाडौँ असोज ११ गते । वन तथा वतावरण मन्त्री प्रदीप यादव अमेरिका पुग्नु भएको छ । अमेरिकामा हुने एक कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नका लागि उहाँ अमेरिका पुग्नु भएको हो ।

ग्लोबल मिथेन, क्लाईमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन उहाँ असोज ९ गते नेपालबाट अमेरिकाका लागि हिड्नु भएको थियो । उहाँले भन्नुभयो, ‘कार्यक्रममा मैले नेपालको प्रतिनिधित्व गर्दै मिथेन उत्सर्जन न्यूनिकरण गर्न राष्ट्रहरुले कस्ता नीतिहरु बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्नेछु ।’

उहाँसँग आज ९अमेरिकाको समय० अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले भेटघाट गर्नुभएको छ । भेटघाटमा मन्त्री यादवले अमेरिकामा बस्ने नेपालीहरुको अवस्था र वस्तुस्थितिको बारेमा जानकारी लिनुभयो । नेपालमा अमेरिकी लगानीका विषयमा पनि उहाँले छलफल गर्नुभयो । अमेरिका र नेपालबीच अझ सम्बन्ध बलियो कसरी बनाउन सकिन्छ लगायतको विषयमा छलफल गर्नुको साथै उहाँहरुको बीचमा नेपालमा भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भएको बताइएको छ ।

अमेरिका जाने क्रममा कतारमा ट्रानजिट भएको थियो । त्यो समयको सदुपयोग गर्र्दै मन्त्री यादवले कतारमा रहेको नेपाली राजदूतावासको अवलोकन गर्न पुग्नु भएको थियो । सो क्रमममा कतारमा रहेको नेपाली राजदूतावासमा त्यहाँका नेपाली राजदूत डा। नरेश विक्रम ढकालसँग पनि छलफल गर्नुभएको थिया ।

कतारमा वैदेशिक रोजगारमा आएका नेपालीहरुको अवस्थाको बारेमा जानकारी लिनुको साथै दुई देशको सम्बन्धको बारेमा भइरहेको मित्रवत सम्बन्धको बारेमा पनि उहाँहरुको बीचमा कुराकानी भएको थियो । मन्त्री यादव शुक्रवार स्वदेश फर्किनु हुनेछ ।

तपाईको प्रतिक्रिया