मुख्यमन्त्री राउतले गर्नुभयो काँग्रेसका मन्त्रीलाई बर्खास्त

काठमाडौँ असोज २८ गते । मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतले काँग्रेसका तीनजना मन्त्रीलाई आज बर्खास्त गर्नुभएको छ ।
कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा मधेश प्रदेश सरकारमा मन्त्री हुनुहुन्थ्यो ।

सत्ता गठबन्धनको तर्फबाट सरकारमा गएका उहाँहरुलाई मुख्यमन्त्री राउतले बर्खास्त गर्नुभएको हो । संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारका मुख्यमन्त्री राउतले काँग्रेसबाट सरकारमा मन्त्री रहेकालाई राजिनामा माग गर्नुभएको थियो तर उहाँहरुले राजिनामा दिन नमानेपछि उहाँहरुलाई आज बर्खास्थ गर्नुभएको हो ।

तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीलाई तत्कालन हटाउने छैन । माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव मधेश प्रदेश सरकारमा सहभागी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया