घरेलु महासंघले गाईघाटमा गर्‍यो डिजिटल प्रविधिमा क्षमता अभिबृद्धि सम्बन्धी सीप विकास तालिम

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले बुधबार उदयपुरको गाईघाटमा एक दिने डिजिटल प्रविधिमा क्षमता अभिबृद्धि सम्बन्धी सीप विकास तालिम काठमाडौंमा आयोजना गरेको छ ।
महासंघले लघु, घरेलु तथा साना उद्यमीहरुमा डिजिटल सीप विकास सम्बन्धी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले युएनसीडीएफसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सन्दर्भमा उदयपुरको गाईघाटमा पनि सो गोष्ठी तथा तालिम कार्यक्रम सञ्चालन गरेको हो ।
गोष्ठीको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता महासंघ प्रदेश नं. १ का अध्यक्ष शिवा उपाध्याय “अञ्जु”ले गर्नुभएको थियो ।
उद्घाटन सत्रमा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
त्रियुगा नगरपालिका प्रमुख वसन्तकुमार बस्नेत, महासंघ प्रदेश समिति सदस्य समेत रहनुभएका बेलका नगरपालिका प्रमुख अशोक कार्की, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, युएनसीडीएफका प्रतिनिधि थोमस कुरियनलगायतले कार्यक्रम सफलतको शुभकामना सहित मन्तव्य दिनुभएको थियो ।
महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कंडेल तथा उपाध्यक्ष मुकेश उपाध्याय समेतले बोल्नुृ भएको गोष्ठीको उदघाटन कार्यक्रमको सञ्चालन महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले गर्नुभएको थियो ।
स्वागत मन्तव्य महासंघ उदयपुर जिल्ला अध्यक्ष मधुकर थापाले राख्नुभएको थियो भने महासंघ प्रदेश नं. १ का वरिष्ठ उपाध्यक्ष प्रदीप गिरीले धन्यवाद मन्तव्य राख्नुभएको थियो । गोष्ठीमा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, राष्ट्रिय परामर्शदाता विनोददेव पन्त तथा सूचना प्रविधि विज्ञ रामनिवास कुशवाहाले डिजिटल प्रविधिमा लघु, घरेलु तथा साना र महिला उद्यमीहरुको पहुँचका विषयमा डिजिटल व्यापार प्रवद्र्धन तथा बित्तीय क्षमता विकास सम्बन्धी तालिममा प्रस्तुति तथा सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा प्रदेश नं. १ का विभिन्न जिल्लाबाट ५० जना लघु, घरेलु, साना र महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया