चौतर्फी चर्चामा अभियन्ता सरोज राय

सर्लाही कात्तिक २९ गते । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन नजिकिदै गइ रहेको छ । देशभर चुनावी प्रचार प्रसारका कार्यक्रमहरु तीव्र रुपमा अगाडि बढी रहेको छ । विभिन्न राजनितिक दलका उम्मेदवार र परिवर्तनका आशा बोकेका स्वतन्त्र उम्मेदवारहरु पनि जनता माझ आफ्नो विश्वास बनाउनमा व्यवस्त छन् ।

स्वतन्त्रमध्येका राम्रा उम्मेदवारलाई जिताउनुपर्ने र त्यसैमा हामी सबै लागि पर्नुपर्छ भन्ने अडान युवामा देखिएको छ । नेपालमा रहेका युवामा विभिन्न दलका उम्मेदवारहरुप्रति आक्रोश देखिएको छ । व्यक्तिगत स्वार्थ, नातावाद र कृपावादलाई प्राथमिकतामा राखेर दलप्रति अनास्था फैलाउने कार्य दलकै शीर्ष नेताहरुबाट भएको अवस्थामा स्वतन्त्र उम्मेदवारहरुको मनमा जितको आशा पलाएको छ ।

यिनै स्वतन्त्र उम्मेदवारहरुको सूचिमा एक सशक्त, ईमान्दार र समाजप्रति वफादार व्यक्तित्व , तराई मधेशमा ‘बजरंगी भाइजान’को नामबाट परिचित सामाजिक अभियन्ता सरोज राय पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
पिडीतहको भिडमा एकमात्र नाम तराई मधशमा गुञ्जिरहेको छ । त्यो नाम हो सरोज राय ।

सामाजिक समस्याको समाधान जडैबाट गर्नको लागि राजनितिमा होमिएको उनहाँको भनाई छ । रायले भन्नुभयो, ‘सलाईही मेरो जन्मभूमी हो र यहा मेरो बढी आवश्यकता रहेको मैले महसुश गरेको छु । सत्तालाई आप्mनो गोजीमा राखेर हिन्नेहरुका लागि एउटा ठ्रलो धक्का हो ।’
कोई कोरीयाबाट श्रीमान दुबईमा फसेको पिडा लिएर आउछन्, कोई छोरीलाई क्यान्सर भएकोले उपचारमा सहयोगको लागि गरिदिनुस् भनेर आउँछन् भने कोई आमा छोराले दुख दियो भनेर आउँछन् ,जनतामा म माथि आश पलाएको छ, त्यसकारण पनि मेरो उम्मेदवारी रहेको छ, उहाँले अगाडि भन्नुभया, ‘परिवर्तन र विकासको सम्वाहक सबैको जीवनमा प्रकाश पार्ने उद्देश्यले सर्लाही ३ (ख) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’

‘प्रवल जनसेवा श्री’ पदकबाट विभूषित हुने भएका राय विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय छन् । विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुको उद्धर गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याई दिने काम उहाँले गर्दै आउनु भएको छ ।
उहाँ विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनुभएको छ ।
सामाजिक अभियन्ता रायको प्रतिस्पर्धा समग्रमा हेर्दा (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसबाट हरेश महतो र जनता समाजवादी पार्टीका उम्मेदवार संजय कुमार यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

अहिले सर्लाहीमा दलप्रतिको बितृष्णा बढदै गएको समयमा सामाजिक अभियन्ता रायले स्वतन्त्र उम्मेदवारी दिएपछि उहाँको चर्चा चुलिएको हो ।

क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल संघीय संसदका लागि नेकपा माओवादीबाट नरेन्द्र साहलाई टिकट दिएको छ भने प्रदेश सभा सदस्यीयको लागि (क) बाट एकीकृत समाजवादीबाट दिल्ली उप्रेती र (ख) बाट नेपाली काँग्रेसका हरेश महतोलाई टिकट दिएर गठबन्धन दलले उम्मेदवार उठाएको छ ।

यसैगरी नेकपा एमाले र जसपाका गठबन्धनबाट संघिय सांसदमा एमालेबाट हरि उप्रेती, (क) प्रदेशमा एमालेबाटै गणेश प्रसाद प्रसाई र (ख) प्रदेश सभा सदस्यका लागि संजय कुमार यादवले उम्मेदवारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया