आमनिर्वाचनः मंसिर १ गतेदेखि पर्सासँग जोडिएका सम्पूर्ण नाका बन्द

पर्सा कात्तिक २९ गते । भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिनु भएको हो ।

मंसिर १ गते रातको १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बताउनुभयो । भारतीय सुरक्षा निकायसँग बैठक गरेर यसअघि नै निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमा सिल गर्ने निर्णय भएको थियो ।

तपाईको प्रतिक्रिया