धानको मूल्य वृद्धि, तोक्यो नयाँ मूल्य

सरकारले चालु आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्युनतम समर्थमन मूल्य तोकेको छ । कात्तिक १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम समर्थन मूल्यको तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

मोटा धान प्रति क्विण्टल दुई हजार ९६७ रुपियाँ, मध्यम धान प्रति क्विण्टल तीन हजार १२८ रुपियाँ न्यूनतम समर्थन मूल्य तोकिएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८÷०७९ को भन्दा चालु आर्थिक वर्षको धानको मूल्यमा वृद्धि भएको जानकारी उहाँले गाराउनु भएको छ । उहाँका अनुसार गत वर्षको तुलनामा मोटा धानमा प्रतिक्विन्टर २१५ रुपियाँ वृद्धि गरेको छ । गत आर्थिक वर्षमा मोटा धानको मूल्य दुईहजार ७५२ रुपियाँ थियो ।

मध्यम धानमा प्रतिक्विन्टल २६६ रुपियाँ वृद्धि गरेको छ । गत आर्थिक वर्ष मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार ९६७ रुपियाँ थियो । तोकेको मूल्यमा धान विक्रि नभएको धान सरकारले किसानबाट खरिद गर्ने जनाइएको छ । सरकारले सहकारी तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद गर्ने प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो ।

त्यसका कृषि मन्त्रालयले वजेटको समेत व्यवस्था गरिसकेको छ । विगत तीन चारवर्षदेखि तोकेको मूल्यमा विक्रि नभएको धान सरकारले खरिद गर्दै आएको छ । पहिला पहिला सरकारले धानको मूल्य तोक्ने काम मात्र गथ्र्यो । तर सरकारले मूल्य तोकेपछि किसानको धान विक्रि नभएको गुनासो आउन थालेपछि विक्रि नभएको धान सरकारले खरिद गरि दिने निर्णय कृषि मन्त्रालयले गरेको थियो । प्रवक्ता सञ्जेलका अनुसार न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि यो चालु आर्थिक वर्षका लागि ३३ करोड रुपियाँ व्यवस्था गरिएको छ ।

कृषि मन्त्रालयले तयार गरेको कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ रुपियाँ प्रति क्विण्टल व्यवस्थापन खर्च सरकारले उपलव्ध गराउने छ । गत वर्ष यस कार्यक्रम अनुसार करिव नौ हजार मेट्रिक टन धान खरिद भएको थियो । यसपटक तीन लाख मेट्रिक टन धान खरिद गर्ने तयारी कृषि मन्त्रालयको रहेको छ ।

तपाईको प्रतिक्रिया