धवल शम्शेरको पछि पछि इस्तियाक राइ

बाँके मंसिर ६ गते । बाँके २ बाट उम्मेदवारी दिनु भएका राष्ट्रिय प्रजातान्त्रिक पार्टीका धवल शमशेर राणाले झन्डै दोब्बर मतले अग्रता लिनु भएको छ । जनता समाजवादी पार्टीका मोहम्मत इस्तियाक राईले उहाँलाई पछ्याई रहनु भएको छ ।

२७ हजार ९३० मतगणना हुँदा राप्रपाका राणाले १३ हजार ३५५ मत ल्याउँदा राईले ८ हजार ५५९ मत मात्रै ल्याउनु भएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले १७५९ मत मात्रै ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया